काठमाडौं महानगरवासीका लागि सुविधा सम्पन्न अस्पताल चलाउने मेयर उम्मेदवार सिर्जना सिंहकाे घाेषणा 

जेष्ठ नागरिक भवन बन्छ, टाेल-टाेलमा पार्क बन्छ, अब व्यापरिक कम्पलेक्स बन्दैन 


काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर सिर्जना सिंहले काठमाडौंमा सुविधा सम्पन्न अस्पताल खोलेर महानगरबासीलाई सहुलियतमा स्वास्थ्य सेवा दिने घोषणा गरिन। ‘महानगरमा अस्पताल खोलेर दिनदु:खी र जेष्ठ नागरिकलाई निशुल्क उपचार दिने छौ,’ सिंहले भनिन्। महानगरले अस्पताल खोलेपछि सरकारी अस्पतालमा हुने चाप समेत कम हुने र अन्य अस्पतालको सेवा पनि सुधारिने सिंहले बताइन्।

काठमाडौं महानगरपालिकाको मेयरका लागि कांग्रेसबाट उम्मेदवार बनेकी सिंहले काठमाडौं महानगरमा शिक्षा, स्वास्थ्य र स्वच्छ सफा काठमाडौंनै प्रमुख एजेन्डा भएको बताएकी छन्। शिक्षक संघकाे महानगर समितिले आयोजना गरेको छलफल कार्यक्रममा महानगरबासीमा सबैलाई शिक्षा र स्वास्थ्य सबैको पहुँचमा पु¥याउनेनै आफ्नो ध्याय रहेको बताइन्। शिक्षक पेशा भनेकाे मानिसलाई असल नागरिक बनाउने पेशा भएकाेले अब जनताबाट पनि असल नागरिक निर्वाचित गराउने अभिभारा शिक्षककाे रहेकाे बताए। आफू मेयर हुँदै गर्दा सार्वजनिक शिक्षाकाे समस्या समाधान गर्न अभिभावक भएर काम गर्ने प्रतिवद्वता बनाउने बताइन्। ‘सामुदायिक शिक्षामा सुधार नगरेसम्म देश बन्दैन, महानगरमा सवैले भर्ना गर्न लायक र पढ्न जाउ जाउ बनाउने छाै,` सिंहले भनिन्।

महानगरको आगामी मेयरका रुपमा नेपाली कांग्रेसले एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र जसपाको समेत साझा उम्मेदवार सिंहले काठमाडौं मुलुकको राजधानी पनि भएकोले सफा काठमाडौं बनाउनुको विकल्प नरहेको धारणा राखिन् । अहिलेको नेतृत्वले फोहोरो समेत व्यवस्थापन गर्न नसक्नु दुर्भाग्य भएको समेत बताइन। ‘हामी काठमाडौंलाई फोहोर हुन दिने छैनौ, विदेशी आउदाँ नाक खुम्च्याउने छैनन, सम्पदाको संरक्षण गर्ने छौ,’ सिंहले भनिन्। ‘भ्रष्टाचारमुक्त काठमाडौं बनाउने हो, डिजिटल प्रविधिको प्रयोग गरेर घरबाटै सेवा दिने हो,’ सिंहले भनिन्। घरघरबाटै सबैलाई महानगरले सेवा दिने समेत बताइन। सुरक्षित काठमाडौं बनाउने र मध्यरातमा हिड्ने वातावरण बनाउने समेत सिंहले बताईन। काठमाडौं भित्र बस्ने सबैप्रति आफू उत्तरदायी हुने समेत बताइन्। ´यहाँ ७७ जिल्लाबाट आएर बस्नु भएकाेछ, कसैप्रति विभेद हुदैन, सवैलाइ समान व्यवहार गर्ने छाै,` सिंहले भनिन्

३२ वडामा जेष्ठ नागरिक भवन बनाउने पार्क बनाउने तर व्यापारी कम्लेक्स नबनाउने त्याे निजी क्षेत्रले बनाउन दिने समेत उनले बताईन् । यहाँ महानगरकाे जग्गा व्यापारिक कम्लेक्स बनाएर सकाउने काम भएकाे सिंहको आरोप छ।

 

नेपाली काँग्रेसका काठमाडौं जिल्ला सभापति सबुजकृष्ण बानियाँले पार्टी र पेशामा आवद्व रहेका शिक्षकहरुकाे भूमिका महत्त्वपूर्ण हुने भएकाेले महिला नेतृत्व ल्याउन अभियान चलाउन आग्रह गरेका छन्। सवै अग्रजहरुले सिंह जिताउने अभियान अभूतपूर्व ढंगले आगाडि बढाउनु भएकाेले पनि जित नजिक रहेकाे दाबी सभापति बाँनियाले गरेका छन्। बाँनियाले एमालेले अगाडि सारेका मेयर उम्मेदवार केशव स्थापितमा मानसिक विचलन आएकाे बताएका छन्। नाैंटकी न नाटक अहिले स्थापितलले देखाएका छन् उहाँले जित्नु भयाे भने महानगर थप अस्तव्यस्त हुने दाबी गरेका छन्। कांग्रेसले महनगरकाे रुपमा आगाडि सारेका उम्मेद्वार सिर्जना सिंहसँग शिक्षक संघकाे महानगर समितिले आयाेजना गरेकाे कार्यक्रममा बाँनियाले केशव स्थापित विगतमा मेयर भएपनि अहिले मानसिक विचलन देखिएकाे बताए।

नेपाली काँग्रेसका काठमाडौं महानगर सभापति निलकाजी साक्यले शिक्षकनै राजनीति गाेरेटाे देखाउने पहरेदार भएकाेले शिक्षकले साेही अनुसार लाग्नुपर्ने बताए। राजनीति लडाइँमा सिंहकाे भूमिका ठुलाे भएकाेले काँग्रेसले साेही अनुसार उम्मेदवार दिएकाेले हार्ने छुट नरहेकाे बताए।

क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं महानगरपालिका मेयरका उम्मेदवार, #सिर्जना सिंह

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ