सुनसरीमा एमालेको घरदैलो हिँडेका मियाको ट्रयाक्टरले किचेर मृत्यु
सुनसरी । एमालेको घरदैलोमा हिँडेका सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका कपरेज मियाको ट्रयाक्टरले किचेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय, इनरुवा सुनसरीका प्रवक्ता नरेन्द्र कार्कीका अनुसार एमालेको घरदैलो कार्यक्रममा हिँड्दा आफैं चढेको ट्रयाक्टरले किचेर उनको निधन भएको हो । घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । मियाको निधनपछि भोक्राहाको स्थिति तनावग्रस्त बनेको छ । मृतक मियाक उमेर १७ वर्ष पुगेको प्रहरीले जानकारी दिएपनि स्थानीयले भने १३ वर्ष मात्र रहेको दाबी गरेका छन् ।
सुनसरीको सदरमुकाम इनरुवासँग जोडिएको उक्त गाउँपालिकामा मुसलमानहरुको राम्रो पकड छ । त्यहीँ ठाउँमा लापरबाही गरेर मियाको निधन भएको भन्दै स्थानीयहरू आक्रोशित बनेका छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले थप सक्रियता बढाएको छ । सुनसरीकै रामधुनीमा पनि यसअघि वडाध्यक्षका उम्मेदवार गणेश बहादुर पौडेल रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । उनको निधन के कारणले भएको हो प्रहरीले अहिलेसम्म पत्ता लगाउन सकेको छैन ।
क्याटेगोरी : प्रदेश, समाचार
तपाईको प्रतिक्रिया दिनुहोस