चुनावको दिन स्वास्थ्यकर्मीलाई गाडी गुडाउन पास नचाहिने


काठमाडौं । बैशाख ३० गते चुनावको दिन स्वास्थ्यकर्मी तथा चिकित्सकलाई सवारी साधन कुदाउन पास नचाहिने निर्वाचन आयोगले प्रस्ट पारेको छ ।

निर्वाचन आयोगले एक विज्ञप्ति जारी गर्दै अस्पतालका स्वास्थ्यकर्मी आवागमनका लागि प्रयोग हुने साधन, अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सकले प्रयोग गर्ने सवारी साधन को हकमा अनुमति लिनुनपर्ने उल्लेख छ । त्यस्तै ट्यांकर, दुध बोक्ने सवारी साधन, दमकल, दूरसञ्चार तथा केबल सेवा, शबबाहन, फोहोरमैला ओसारपसार गर्ने सावारी साधन, तरकारी, फलफूल तथा विद्युत सेवा जस्ता अत्यावश्यक सेवा र नम्बर प्लेटमा सिडी उल्लेख भएको कूटनीतिक नियोगका सवारी साधन चुनावको दिन प्रयोग गर्न पास नचाहिने आयोगले जनाएको छ ।

अन्य सवारी साधनको हकमा भने अनिवार्य रुपमा पास लिनु पर्ने र पास नभएका सवारी साधन प्रयोगमा आयोगले पूर्ण रुपमा बन्देज लगाएको छ ।

 

क्याटेगोरी : प्रदेश, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ