गाउँपालिका प्रमुखमा स्वास्थ्यकर्मी विजयी
काठमाडौं । स्वास्थ्यकर्मी महेन्द्रबहादुर कुँवर गुल्मीको मदाने गाउँपालिका प्रमुखमा विजयी भएका छन् ।
स्थानीय तह निर्वाचन अन्तर्गत मदाने गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका कुँवरले ४ हजार ७०७ मत ल्याई विजयी भएका हुन् ।
उनले निकटतम प्रतिद्वन्दी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार प्रेमबहादुर केसीलाई १० मतान्तरले पराजित गरेका हुन् । पराजित प्रेमबहादुर केसीले ४ हजार ६ सय ९७ मत ल्याएका छन् ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस