सरकारी चिकित्सकले धानेका निजी अस्पताल


काठमाडौ   ।  पछिल्लो एक दशक यता उपत्यकामा मात्रै दर्जनौं निजी अस्पताल संचालनमा आएका छन् । सरकारी अस्पतालहरुले गुणस्तरीय स्वास्थ्य सेवा दिन नसकेको बाहानामा निजी अस्पताल खुल्ने क्रम जारी छ ।

 उपत्यकामा मात्रै ५० देखि एक सय वेड क्षमताका ५५ वटा अस्पताल रहेका छन् । सबै  निजी अस्पताल संचालनको मेरु दण्डका रुपमा सरकारी चिकित्सक छन् । कतै कतै सरकारी चिकित्सकको समेत त्यस्ता अस्पतालमा लगानी देखिएको छ ।

स्वास्थ्य लाइभले गरेको अनुसन्धानमा उपत्यकाका ८० प्रतिशत निजी अस्पताल सरकारी डाक्टरको भरमा चलेका छन् । निजी अस्पताल बचाउन श्वास दिने भनेकै सरकारी डाक्टरहरु हुन । निजी स्वास्थ्य सस्थामा अध्ययन गरी विशेषज्ञता हासिल गरेर निजी अस्पतालमा काम गरेका डाक्टरहरु अपबादमा छन् ।

 निजीमा पुरा काम गर्ने चिकित्सक एमबीबीएस मात्रै

नर्भिक अस्पताल, वयोधा अस्पताल, निदान अस्पताल, ग्राण्डी अस्पताल, ओम अस्पताल, ग्राण्डी सिटी अस्पताल, अल्का अस्पताल जस्ता कयौं अस्पतालमा एमबीबीएस बाहेक सबै चिकित्सक पार्टटाइम काम गर्छन् । सरकारी चिकित्सकको अतिरिक्त समयले उनिहरुको श्वास अल्झिएको छ ।

 सेवा सुबिधा कम र महंगी बढी भएका कारण सरकारी सेवामा आवद्ध चिकित्सकहरु निजीमा सेवा दिन बाध्य भएका हुन् । यसको फाइदा निजी अस्पतालले उठाउँदै आएका छन् । चिकित्सकहरु भन्छन् सरकारी सेवामा मात्रै काम गरेर परिवार धान्न सकिँदैन । परिवार र घर खर्च धान्नका लागि पनि निजीमा काम गर्नै पर्ने बाध्यता छ । तर, कति चिकित्सक निजीमा कामम गर्छन् त्यसको हिसाब सरकारले गरेको छैन ।

 डाक्टरको नाम मात्रै पनि बेच्छन् निजी अस्पताल

पूर्व स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेतिले निजीमा काम गर्न जाने सरकारी चिकित्सकको तथ्याङ्क खोज्न नसक्नु राज्यको ठुलो कमजोरी भएको बताए । निजी अस्पतालमा लगानी गर्न र काम गर्न सरकार समक्ष स्वीकृती लिनु पर्ने हुन्छ । तर, छिटफुट बाहेक कसैले पनि स्वीकृत लिएका छैनन् ।  बजारमा नाम चलेका सरकारी चिकित्सकको नाम प्लेट राखेर निजी अस्पतालले जबरजस्त बिरामी तानिरहेका छन् । अझ आजकलत नामै नसुनेका स्वास्थ्य प्याकेजहरु समेत निजी अस्पतालले दिन थालेका छन् ।

 सम्पति र सन्तुष्टिको असिमित दायरा

सरकारले आवश्यकता अनुसार सेवा सुबिधा दिने र निजीमा जान पूर्ण रोक लगाए निजी अस्पतालले दिएको सेवा क्रमिक रुपमा खस्कदै जाने कतिपय सरकारी चिकित्सकहरु बताउछन् ।

अधिकारीहरुका अनुसार सरकारी चिकित्सक सम्पती र सन्तुष्टिको असिमित दायरा भित्र प्रवेश गरेका छन् । त्यसबाट बाहिर आउन नसक्ने भएपछि निजी अस्पताल धाउन थालेका हुन । चिकित्सकलाई दिने सरकारी सेवा सुविधा पर्याप्त छैन त्यसमा कसैको दुईमत छैन तर, चिकित्सकहरुमा सुविधा भोगी प्रतिस्पर्धाको भावना जागृत हुदा निजीमा गएर काम गर्न बाध्य भएका हुन् ।

 

बिरामीहरु पनि कम छैनन् । चिकित्सकले गाडी चडेर आए राम्रो बाइकमा आए झोले डाक्टर ! यसले पनि चिकित्सकलाई सम्पतिको मोहमा जोड्न बाध्य बनाएको हुन सक्छ । निजी अस्पतालमा कति चिकित्सक छन् भनेर गत २०७२ सालमा गएको भुकम्प  र कोरोना महामारीको समय हेर्दा स्पष्ट हुन्छ । भुकम्प र महामारीको समयमा सरकारी चिकित्सक निजीमा जान पाएनन् । त्यसैले महामारीको समयमा निजी अस्पतालले बिरामी प्रवेश गर्ने गेट समेत बन्द गरेर बसे ।

 सरकारी चिकित्सकले धानेको निजी अस्पतानल

 वीर, प्रसुति, कान्तिबाल र सिभिल अस्पतालले धानेका अस्पताल

  • नर्भिक अस्पताल
  • अल्का अस्पताल
  • वयोधा अस्पताल
  • काठमाडौं अस्पताल
  • ग्राण्डी सिटी अस्पताल
  • ब्लुक्रस अस्पताल
  • सुमेरु सिटी अस्पताल
  • सुमेरु अस्पताल
  • एभ्रेष्ट अस्पताल
  • निदान अस्पताल
  • हेल्पिङ हेण्ड सामुदायीक अस्पताल

 टिचिङ र कान्ति बाल अस्पतालले धानेका अस्पताल

  • ग्राण्डी अस्पताल
  • चिरायु अस्पताल
  • ग्रिन सिटी अस्पताल
  • ओम अस्पताल
  • मेडिकेयर अस्पताल
  • म्यारीडियन अस्पताल
  • विनायक अस्पताल
  • अन्तराष्ट्रिय बाल मैत्रि अस्पताल
  • दिर्घायु अस्पताल

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ