हेटौंडा उपमहानगरपालिकाले १५४१ विभिन्न घर परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिदिने


काठमाडौं । हेटौंडा उपमहानगरपालिकाले १५४१ विभिन्न घर परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ ।

हेटौंडा उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख मिनाकमारी लामा र उपप्रमुख राजेश बानियाँले कार्यभार सम्हाल्दै उपमहानगरपालिकाभित्र बसोबास गर्ने १५४१ विपन्न घर परिवारलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्नेपहिलो निर्णय गरेको हो । ती विपन्न घर परिवारलाई मासिक १५ हजार लिटर पानी र २५ युनिट बिजुली निःशुल्क उपलब्ध गराउने निर्णय समेत गरिएको छ ।

त्यस्तै आर्थिक अवस्थाका कारणले शिक्षा हासिल गर्नबाट बञ्चित विद्यार्थीहरुलाई निजको अध्ययनमा प्रोत्साहन र सहुलियत दिन मेयर छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

बाटो बिस्तारको क्रममाबीच भागमा छाडिएका/ रहेका विद्युतका पोलहरू हटाई छेउ किनारामा स्थापना गर्ने र महिला जागरण समूहहरू लैङ्गिक हिंसाविरुद्धका अभियानहरू सञ्चालन गर्दै पीडित/प्रभावित महिला तथा बालबालिकाको लागि अल्पकालिन आश्रय स्थल(सेल्फ हाउस) मार्फत प्रभावकारी पुनर्स्थापनाका कार्यहरू सञ्चालन गर्ने समेत पहिलो निर्णयमा उल्लेख छ ।

हेटौंडा उपमहानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीबाट लामा र उपमेयरमा कांग्रेसबाट बानियाँ निर्वाचित भएका हुन् ।

क्याटेगोरी : प्रदेश, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ