स्वास्थ्य मन्त्रालयमा बन्यो स्विमिङ पुल
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पौडी पोखरी (स्विमिङ पुल) बनेको छ । प्रशासनिक रुपमा भद्रगोल रहेको स्वास्थ्य मन्त्रालय भौतिक रुपमा पनि अस्त व्यस्त बन्न पुगेको छ । बेथितिनै बेथितिको भूमरीमा परेको स्वास्थ्य मन्त्रालय दिउँसै पौडी पोखरी बनेपछि सेवाग्राही र मन्त्रालयमा जाने मान्छेहरूले सास्ती पाएका छन् ।
स्वास्थ्यमन्त्री विरोध खतिवडा जम्बो टोली लिएर जेनेभामा मस्ती गरिरहेका छन् । स्वास्थ्य सचिव डा. रोशन पोखरेल, प्रशासन हेर्ने सहसचिव मदन भुजेल, गुणस्तर तथा अनुगमन महाशाखा प्रमुख डा. मदन उपाध्याय, प्रवक्ता डा. संगिता कौशल मिश्रासहितका उच्च अधिकारी जेनेभामा मस्ती गरिरहेका बेला स्वास्थ्य मन्त्रालय पौडी पोखरी बनेको हो ।
स्वास्थ्य मन्त्रालयमा सामान्य व्यवस्थापन समेत गर्न नसकेर सरुवा रोग उत्पन्न हुने गरी स्विमिङ पुल बनाएका स्वास्थ्यका अधिकारीहरु विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को सम्मेलनमा गफ चुट्न जेनेभा गएका हुन् । जेनेभामा मस्ती गरिरहेका स्वास्थ्यका ती अधिकारीलाई स्वास्थ्य मन्त्रालयको कन्तबिजोगले गिज्याइरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस