वीर अस्पताल अगाडि बन्यो दह, बिरामीको स्थिति भयावह
काठमाडौं । वीर अस्पताल अगाडि पानी जमेर दह बन्दा अस्पतालमा आउने बिरामीको स्थिति भयावह बनेकाे छ ।
वीर अस्पतालको इमर्जेन्सी अगाडिनै विभिन्न ठाउँबाट आएको ढलको पानी जम्दा अस्पतालमा आउने बिरामी र अन्य सेवाग्राहीले सास्ती खेप्नु परेको छ ।
वीर अस्पताल अगाडिको सडक काठमाडौं महानगरपालकाले पार्किङका लागि निजी कम्पनीलाई भाडामा लगाएपछि बिरामीहरू उक्त दुर्गन्धित दह हुँदै अस्पताल छिर्न बाध्य छन् । काठमाडौं महानगरपालिकाका कारण वीर अस्पताल अगाडि सधै ढलको दह बन्ने गरेको छ ।
महानगरपालिकाले पार्किङ भाडामा लगाउदा बिरामीहरु दहमा डुबुल्की मार्दै अस्पतालभित्र प्रवेश गर्न बाध्य भएको गुनासो आउन थालेको हो । ‘विभिन्न बस्तिकाे ढल त्यहीँ अस्पतालकाे गेटकाे दहमा निस्कन्छ र अस्पतालमा आउने र भर्ना हुने बिरामीलाइ नमिठो गन्ध दिइरहेको छ’, वीर अस्पतालका एक स्वास्थ्यकर्मीले भने । वीर अस्पताललाई काठमाडौं महानगरपालिकाले हेप्दा अस्पताल अगाडि ढले दह बनेको ती स्वास्थ्यकर्मीको टिप्पणी छ ।
क्याटेगोरी : प्रदेश, समाचार
तपाईको प्रतिक्रिया दिनुहोस