सामाजिक सञ्जाल हेरेर बिरामीलाई रगत दिन पुगे विश्वप्रकाश शर्मा
काठमाडौं । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा सामाजिक सञ्जाल हेरेर बिरामीलाई रगत दिन पुगेका छन् । सामाजिक सञ्जालमा ओ पोजेटिभि (O+) रगत आवश्यक परेको सूचनाका आधारमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा रगत दिन पुगेका हुन् ।
टंक तिम्सिनाका लागि O+ रगत आवश्यक भनेर सामाजिक सञ्जाााालमालमल पाेष्ट गरेपछि कांग्रेस महामन्त्री शर्मा आएर रगत दिएको कविन्द्र श्रेष्ठले बताए । ‘ धेरैले रगत दिन्छु भनेर सम्पर्क गर्नु भयाे। तीमध्ये सर्वप्रथम मेराे पाेष्ट देखेर कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माज्यूले रक्तदान गरी बिरामी दाजुसँग भलाकुसारी गरी फर्किनु भयाे’, उनले भने ।
जनतालाई दुःख सुखमा साथ दिने नेता शर्माको पछिल्लो सहयोगको प्रशंशा भइरहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #रक्तदान, #विश्वप्रकाश शर्मा
तपाईको प्रतिक्रिया दिनुहोस