स्वास्थ्यकाे संघीय बजेट ७३ अर्ब !


काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट आज संघीय संसद्‌मा प्रस्तुत गर्दैछ। जेठ १५ गते बजेट पेस गर्नुपर्ने संवैधानिक प्रावधान अनुरुप अर्थमन्त्री जनार्दन शर्माले दिउँसो ४ बजे आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न लागेका हुन्।

अघिल्लो वर्ष स्वास्थ्यकाे संघीय बजेट १ खरब बढि थियाे । तर, यश बर्ष निकै कम आउने स्वास्थ्यका अधिकारीहरु बताउँछन् । यो वर्ष संघिय स्वास्थ्यकाे बजेट ७३ अर्ब आउने बुझिएकाे छ ।

स्वास्थ्य मन्त्रालयले ७३ अर्ब ८२ कराेडकाे सिलिङ अर्थमा छाडेकाे थियाे । तर, केही शिर्षक काटेकाले रकम घट्ने अनुमान अधिकारीहरुकाे छ । श्राेतका अनुसार ७२ देखि ७३ अब आउने अनुमान गरिएकाे छ । प्रदेश र स्थानीय तहकाे स्वास्थ्य बजेट भने छुट्टाछुट्टै जान्छ ।

यो आर्थिक वर्षबाट सरकारले सामाजिक सुरक्षा कार्यक्रमलाई स्वास्थ्य बीमामा गाभ्न सक्नेछन् अनुमान पनि गरिएकाे छ । अहिले नर्सिङ महाशाखाको नेतृत्वमा रहेकाे सामाजिक सुरक्षा कार्यक्रम स्वास्थ्य मन्त्रालयले स्वास्थ बीमा बाेर्डमा गाभ्न थालिएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ