१० वेडको हस्पिटलसहित १० अर्ब बजेट नदिए बन्चरे डाँडामा काठमाडौंको फोहोर लान नदिने


काठमाडौं । १० वेडको हस्पिटलसहित १० अर्ब बजेट नदिए बन्चरे डाँडामा फोहोर लान नदिने त्यो क्षेत्रका स्थानीयहरुको घोषणा छ ।

सरकारले पूर्व सहमति बमोजिम १० वेडको हस्पिटल, विद्यालय पूर्वाधार, सुविधासम्पन्न सडक र बस्ती स्थानान्तरण गरेसम्म बन्चरे डाँडामा फोहोर लान र फ्याल्न नदिने स्थानीयको भनाइ छ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीलगायतलाई भेटेर ल्यान्डफिल साइटमा पर्ने स्थानीय जनप्रतिनिधिहरुले उक्त कुरा बताएका हुन् ।

‘१० वेडको हस्पिटल प्रभावित क्षेत्रलाई तयार गर्दिएर सामान्य उपचार गर्ने र त्यो बिरामीलाई ल्याएर काठमाडौंको टिचिङ र वीर अस्पतालमा निःशुल्क अपाचार गरिदिने सहमति थियो । प्रभावित क्षेत्रका एक स्थानीयले भने , त्यो हस्पिटल बन्ने काम खोइ सुरु भएको ? त्यसका लागि रातो किताबमा बजेट किन नपरेको ? त्यसैले त्यो हस्पिटल बन्ने ग्यारेन्टी नभएसम्म हामी बन्चरे डाँडामा फोहोर लान दिँदैनौं ।’,

स्वास्थ्य र शिक्षा र बस्ती स्थानान्तरणका पूर्वाधार निर्माणका लागि यो बजेटमा उचित रकम विनियोजन नभएसम्म हजारौं प्रहरी परिचालन गरेपनि आफूहरुको आन्दोलन जारी रहने स्थानीयको भनाइ छ । दैनिक १ हजार बढी प्रहरी खटाएर आफूहरुलाई कति दिन कुट्ने रहेछन् त्यो पनि हेरौंला भन्दै जनप्रतिनिधिहरूले सहरी विकासमन्त्री झाँक्रीमाथि आक्रोश पोखेका छन् ।

बन्चरे डाँडामा फोहोर व्यवस्थापन गर्दा राज्यले थप १० अर्ब प्रभावित क्षेत्रका नागरिकका लागि स्वास्थ्य, शिक्षा, बस्ती सार्न र सडक लगायतका अन्य पूर्वाधार निर्माण गर्न लाग्ने भन्दै त्यो बजेट विनियोजन नगरे फोहोर लान नदिने स्थानीय जनप्रतिनिधिले मन्त्री झाँक्रीलाई चेतावनी दिएका छन् ।

 

 

क्याटेगोरी : समाचार
ट्याग : #बन्चरे डाँडा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ