स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ६९ अर्ब ३८ करोड बजेट
स्वास्थ्यका लागि प्रदेशमा ६ अर्ब र स्थानीय तहमा २७ अर्ब रुपैयाँ विनियोजन
काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेटमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ६९ अर्ब ३८ करोड विनियोजन गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले संसदमा बजेट प्रस्तुत गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ६९ अर्ब ३८ करोड विनियोजन जनाएका हुन् । त्यस्तै स्वास्थ्यका लागि प्रदेशमा ६ अर्ब र स्थानीय तहमा २७ अर्ब रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री शर्माले बताए ।
बजेटमा केन्द्र र प्रदेशका २० अस्पतालमा ज्येष्ठ नागरिक वार्ड राखिने, मानव विकास सूचकांकमा पछि रहेका २५ जिल्लाका सुत्केरीलाई एकमुष्ट ५ हजार रुपैयाँ दिइने उल्लेख छ । त्यस्तै एक चिकित्सक एक अस्पताल कार्यक्रम सञ्चालन गरिने, शिक्षक अस्पताल निर्माण अघि बढाइनेलगायतका कार्यक्रम समेत बजेटमा समेटिएका छन् ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस