मिर्गौला रोगीको नि:शुल्क प्रत्यारोपणको हुने


काठमाडौं । सरकारले मिर्गौला रोगीको नि:शुल्क प्रत्यारोपणको व्यवस्था गरेको छ ।

आर्थिक वर्ष २०७९/०८० को बजे प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दश शर्माले सदनमा बजेट प्रस्तुत गर्दै मिर्गौला रोगीको नि:शुल्क प्रत्यारोपणको व्यवस्था गरिएको बताएका छन् । यसले गरिब तथा विपन्न मिर्गौला रोगी पीडितलाई ठूलो राहत मिल्ने देखिन्छ ।

सरकारले  विपन्नलाई नि:शुल्क मिर्गौला प्रत्यारोपण गर्न १० करोड रुपैयाँ विनियोजन गरेको हो । सबै प्रादेशिक अस्पतालमा मिर्गौला डायलासिस सेवा दिइने र त्यसका लागि डाइलासिस मेसिन खरिद गरिने बजेटमा उल्लेख छ ।

अर्थमन्त्री शर्माले बजेट भाषणमार्फत ४० वर्ष माथिका नागरिकका लागि स्थानीय तहमार्फत निशुल्क स्क्रिनिङ सेवा दिइने बताएका छन् । त्यस्तै सरकारले स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको हो ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ