कर्णालीमा स्वास्थ्यकर्मीको तलब अड्काएका पौडेलले काठमाडौंमा वडाध्यक्ष भड्काए
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेल विवादका पर्याय हुन् । अनलाई प्रशासनीक वृत्तमा अक्षम कर्मचारीको रुपमा हेर्ने गरिन्छ । जहाँ पौडेल त्यहाँ विवाद भन्ने कुरा अहिले सामान्य रुपमा लिने गरिन्छ ।
कर्णाली प्रदेशको सामाजिक विकास सचिव हुँदा पौडेलले कर्णाली प्रादेशिक अस्पतालका विशेषज्ञ चिकित्सकको तलबनै रोकिदिएपछि विवादमा आएका थिए । अस्पतालमा करार सेवामा कार्यरत स्वास्थ्यकर्मीले उनको कार्यकक्षमा तालानै लगाएका थिए । उनै पौडेलले काठमाडौं महानगरपालिकाको पहिलो कार्यपालिका बैठकलाई विवादित बनाइदिएका छन् ।
कर्णालीमा स्वास्थ्यकर्मीको तलब अड्काएका पौडेलले काठमाडौंमा वडाध्यक्ष भड्काएका छन् । मेयरले राख्नु पर्ने प्रस्ताव ‘जान्ने’ भएर प्रमुख प्रशासकीय अधिकृत पौडेलले राख्न खोज्दा कार्यपालिकाको पहिलो बैठकनै विवादमा तानियो ।
कर्णाली प्रदेशको सचिव हुँदा स्वास्थ्य र शिक्षाका पूर्वाधार निर्माणमा अड्चन ल्याएको भन्दै कर्णाली प्रदेशका तत्कालीन सामाजिक विकासमन्त्री दल रावलले सचिव पौडेलमाथि कारबाही गर्न मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पत्रनै लेखेका थिए । दैलेखको आठबिस नगरपालिकामा बन्ने भनेको ट्रमा सेन्टर, ५ वटा जिल्लामा बन्न लागेका अस्पताल भवनको बजेट फ्रिज गराउन चलखेल गरेको भन्दै उनीमाथि कारबाही गर्न मन्त्रीले नै पत्र काटेका थिए । उनै पौडेलका कारण काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक विवादमा तानिएको हो ।
कर्णालीमै हुँदा राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई दुर्व्यवहार गरेको भन्दै आयोगले पौडेललाई स्पष्टीकरण समेत सोधेको छ ।
बागमती प्रदेशको सामाजिक विकास सचिव हुँदा पनि पौडेलले काम अड्काएपछि तत्कालीन समाजिक विकास सचिव युवराज दुलालले उनको कार्यकक्षमा तालाबन्दी गरिदिएका थिए । जताततै विवादमा आइरहने पौडेलले काठमाडौं महानगरपालिकामा पनि विवाद झिक्ने काम गरेका छन् ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस