बैठक ‘लाइभ’ गर्ने काठमाडौं महानगर चर्चामा स्वास्थ्यका एजेण्डासहित पहिलो निर्णय गर्ने इटहरी छायाँमा


काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक प्रत्यक्ष प्रसारण(लाइभ) गरेको विषय चर्चामा छ ।

देशको राजधानी र स्वतन्त्र उम्मेदवार वालेन्द्र(वालेन) मेयरमा जितेको भएर पनि होला काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक लाइभ गरिएको विषयले निकै चर्चा पाएको देखिन्छ । कार्यपालिका बैठक प्रत्यक्ष प्रसारण(लाइभ) गर्नेमा काठमाडौं महानगरपालिका पहिलो भएपनि कार्यपालिका बैठक प्रत्यक्ष प्रसारण(लाइभ) गर्ने भनेर निर्णय गर्नेमा भने पूर्वको इटहरी उपमहानगरपालिकाअघि रहेको देखिन्छ ।

इटहरी उपमहानगरपालिका प्रमुख(मेयर) हेमकर्ण पौडेलले काठमाडौं महानगरपालिका कार्यपालिका बैठक प्रत्यक्ष प्रसारण(लाइभ) गर्नुभन्दा एकहप्ता अगाडिनै नगरसभा र कार्यपालिकाको बैठक प्रत्यक्ष प्रसारण व्यवस्था मिलाउने निर्णय गरेको पाइएको छ । इटहरी उपमहानगरपालिकाका मेयर पौडेलले इटहरी उपमहानगरपालिकाको नगरसभा र कार्यपालिकाको बैठक प्रत्यक्ष प्रसारण हुने स्वास्थ्य लाइभलाई जानकारी दिए । आफूले पदभार सम्हालेकै दिन नगरसभा र कार्यपालिकाको बैठक प्रत्यक्ष प्रसारण(लाइभ) गर्ने निर्णय गरेको जनाउँदै मेयर पौडेलले यसलाई व्यवस्थित र प्रभावकारी बनाइने स्पष्ट पारे । 

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर वालेनले कार्यपालिकाको लाइभ बैठकमा फोहोर व्यवस्थापनलाई प्रमुख मुद्दाका रूपमा उठाएका थिए । इटहरी उपमहानगरपालिकाका मेयर पौडेलले भने निःशुल्क स्वास्थ्यका एजेण्डालाई प्राथमिकता दिएको पाइन्छ ।

बैठक प्रत्यक्ष प्रसारण गर्नेसहित मेयर पौडेलले इटहरी उपमहानगरपालिकाभित्र बसोबास गर्ने गरिब, दलिल, विपन्न, अल्पसंख्यक, महिला, बालबालिका, एकल महिला, अशक्त एवं जेष्ठ नागरिकलगायतको निःशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गरेका छन् ।

इटहरी उपमहानगरपालिकाको महिला र नवजात शिशुको स्वास्थ्यलाई ख्याल गरी नेपाल सरकारले तोकेको स्वास्थ्य संस्थामा सुत्केरी गराएमा मातृ शिशु पोषण भत्ताबापत २१०० उपलब्ध गराउने कुरा पनि मेयर पौडेलको पहिलो निर्णयमा समेटिएको छ ।

स्वास्थ्य बीमा भएका व्यक्तिहरूको रेफर गर्ने प्रक्रिया झन्झटिलो र सात दिन लाग्ने भएकोलो अब उप्रान्त यसमा सुधार गरी स्थानीय स्वास्थ्य संस्थाबाटनै बीमाको रेफर गर्ने निर्णय नगरसभा र कार्यपालिकाको बैठक प्रत्यक्ष प्रसारण(लाइभ) गर्ने निर्णयसँगै भएको देखिन्छ ।

यता काठमाडौं महानगरपालिकाका मेयर वालेनले होटल, रेष्टुरेन्टहरूको शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउने, ढल व्यवस्थापन र फोहोर व्यवस्थापनका एजेण्डालाई कार्यपालिकाको प्रत्यक्ष प्रसारणसहितको बैठकमा राखेका छन् । १६ गते काठमाडौं महानगरपालिकाका मेयर वालेनले कार्यपालिका प्रत्यक्ष प्रसारण गर्दा ९ गतेनै इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले नगरसभा र कार्यपालिकाको बैठक प्रत्यक्ष प्रसारण(लाइभ) गर्ने निर्णय गरेको पाइन्छ ।

 

 

क्याटेगोरी : समाचार
ट्याग : #कार्यपालिकाका बैठक प्रत्यक्ष प्रसारण ( लाइभ ), #वालेन मेयर काठमाडौं महानगरपालिका, #हेककर्ण पौडेल मेयर इटहरी उपमहानगरपालिका

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ