सिस्डाेलकाे पानीमा प्रशस्तमात्रामा लिच्चड मिसिएको देखियाे


काठमाडौं । पछिल्लो एक दशकमा देशभर सानाठूला हजारौँ आयोजना शिलान्यास र उद्घाटन भए । देशकाे राष्ट्रपति  देखि गाउँका वडाध्यक्षसम्मले रिबन काट्न तँछाड–मछाड गरे । तर, नुवाकोटको बन्चरेडाँडामा निर्माणाधीन अत्याधुनिक ल्यान्डफिल साइटप्रति कसैले चासो देखाएका छैनन् ।

१६ वर्षपछि काठमाडौं महानगरपालिले स्वतन्त्र मेयर पाएकाे छ । काम गर्ने तिब्र इच्छाशक्ति भएका मेयर बालेन साह पाएकाे छ । उनी मेयरकाे सपथ खानु भन्दा अगाडि देखि फाेहाेरकाे उचित र दिर्घकालिन ब्यवस्थापनमा केन्द्रीत थिए, छन् ।
विगतका सरकारले उपत्यकाको फोहोर व्यवस्थापन गर्न ०६२ जेठमा तीन वर्षभित्र बन्चरेडाँडामा अत्याधुनिक ल्यान्डफिल साइट बनाउने निर्णय गरेको थियो । त्यसका लागि एक हजार सात सय ९० रोपनी जग्गा अधिग्रहण गरेर करिब ६१ करोड मुआब्जा पनि बाँडियो । तर, १६ वर्ष बित्दा पनि ल्यान्डफिल साइट सम्पन्न हुन सकेको छैन । अहिले मेयर साहले फाेहाेरमा विशेष चासो देखाएका छन् । बिहान देखि राति अबेरसम्म फाेहाेरकाे ब्यवस्थापनमा नेता तथा मन्त्री मात्रै  हैन पिडित नागरिक समेत भेटेर निकास निकाल्न लागिपरेका छन् ।

अधिकारीहरुका अनुसार बञ्चरेडाँडामा सामान्य अवस्थामा फोहोर विसर्जन गर्दा २५ वर्ष र स्यानेटरी ल्यान्डफिल गर्दा कम्तीमा ५० वर्षसम्म उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने सरकारको भनाइ छ । तर  त्यहाका नागरिकको स्वास्थ्यमा गंभिर असर परेकाे भन्दै महानगरका मेयर साहले फाेहाेरकाे उचित ब्यवस्थापन गर्न अब हरेक घर घरमा कुहिने र नकुहिने फाेहाेरकाे छुट्टाछुट्टै ब्यवस्थापन गर्नु पर्ने बताएका छन् ।

विगतमा  जापान सहयोग नियोग (जाइका)को दुई अर्ब १० करोड सहयोगमा ल्यान्डफिल साइट बनाउने निर्णय भएको थियो । जाइकाले आयोजनाको विस्तृत परियोजना प्रतिवेदन पनि बनाएको थियो । तर, वातावरणीय प्रभाव मूल्यांकन (इआइए) गर्ने वेला स्थानीय विकास मन्त्रालय र वन मन्त्रालयबीच विवाद भयो । तीन वर्षमा सक्ने भनिएको आयोजनाको इआइए गर्न नै चार वर्ष लाग्यो । त्यसपछि दातृ निकाय जाइकाले हात झिक्यो, उसले सहयोग गरेको दुई अर्ब १० करोड पनि फ्रिज भएर गयो । खासमा त्यतिवेलैदेखि आयोजना अलपत्र परेको हो ।

फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थल भन्दै सरकारले ०५२ मै बन्चरेडाँडाको पहिचान गरेको थियो । त्यहीअनुसार सडक निर्माणका लागि ०५७ देखि नै ट्र्याक खोल्ने काम थालेको थियो । सडक निर्माण पनि अझै सकिएको छैन । यहि बिषयमा अहिले स्थानीय आन्दोलनमा छन् ।

कयौं दिन देखि राजधानीकाे फाेहाेर उठेकाे छैन । स्वतन्त्र मेयर बालेनले माग सम्बाेधन गर्ने वचन दिइसकेका छन् । तर, त्यहाँका नागरिकले दशाैं वर्ष पुरानाे कुरा निकालेर बालेनलाइ काम गर्न असहयोग गर्न थालेका छन् ।

०६२ अघि काठमाडौंको फोहोर गोकर्णस्थित ल्यान्डफिल साइटमा डम्पिङ गरिँदै आइएको थियो । त्यसका लागि करिब दुई सय रोपनी जग्गा अधिग्रहण गरिएको थियो । यो साइट भरिएपछि काठमाडौंमा फोहोर उठ्न छाड्यो । त्यसपछि सरकारले बन्चरेडाँडामा अत्याधुनिक ल्यान्डफिल साइट बनाउने निर्णय गरेको हो । यसका लागि तत्कालीन स्थानीय विकास मन्त्रालयअन्तर्गतको फोहोर मैला व्यवस्थापन तथा प्राविधिक स्रोत परिचालन केन्द्रले जाइकासँग समन्वय गरेको थियो ।

पानीमा प्रशस्तमात्रामा लिच्चड मिसिएको देखियाे

निरन्तरको वर्षाले गलेको फोहोरमा ट्रकहरु  लिच्चडमा चिप्लिन्थ्यो । मंगलबार पनि काठमाडौंबाट फोहोर बोकेर गएका ट्रक बाटो ‘क्लियर’ हुने प्रतीक्षामा लस्करै रोकिएका थिए ।

लिच्चड जम्मा भएर बनेको दलदलमा चक्का फसेपछि ट्रक अघि बढ्नै सकेका छैनन् । मंगलबार नास्टका अधिकारीहरुले अध्ययन गर्दा समेत पानीमा प्रशस्तमात्रामा लिच्चड मिसिएको देखिएको छ ।

सिस्डोलबाट संकलित तिनवटा नमुनाहरुको तुलनात्मक अध्ययन गर्दा पानीमा प्रशस्तमात्रामा लिच्चड मिसिएको देखिएको छ मेयर साहले बताए । स्रोतबाट १ किलोमिटर परसम्मको पानीमा पनि प्रदुषणको मात्रा उच्च देखिएको छ उनले चने ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को विज्ञटोलीले सिस्डोलको अध्ययन गरेको छ । लिच्चड मिसिएर भएको प्रदुषणको अध्ययन डा. रविन्द्र ढकाल, डा. टिस्टा प्रसाइँ जोसी, डा. सौरभ भट्टराई, अनिता पन्थी र सुनिता श्रेष्ठ सहितको नास्टको विज्ञटिमले गरेको हो ।

लिच्चड मिसिनु भन्दा अगाडि, लिच्चड मिसिएको स्थान र लिच्चड मिसिने स्थान भन्दा ९२० मिटर पर गरेर ३ फरक फरक बिन्दुबाट पानीको नमुना संकलन गरेर अध्ययन गरिएको हो साह भन्छन् ।

जलसम्बद्ध जीवजन्तुमा नकारात्मक असर परेको प्रारम्भिक अध्ययनले देखाएको छ । विज्ञटोलीले यो अवस्थालाई सकेसम्म चाँडो नियन्त्रण गर्न जरुरी रहेको बताएको छ ।  साहका अनुसार पानी तथा लिच्चडको पुर्ण रिपोर्ट आगामी केहिदिन लाग्नेछ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ