फोहोरमैला व्यवस्थापनमा संलग्न व्यक्तिको स्वास्थ्य बीमा गरिदिने, आजैबाट काठमाडौंको फोहोर उठ्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहोरमैला व्यवस्थापनमा संलग्न चालक, सहचालक तथा अन्य कर्मचारीहरुको स्वास्थ्य बीमा गरिदिने भएको छ ।
काठमाडौं फोहोर उठ्ने आजैदेखि उठ्ने गरी काठमाडौं महानगरपालिका र सरोकारवालाबीच भएको सहमतिमा काठमाडौं महानगरपालिकाले फोहोरमैला व्यवस्थापनमा संलग्न चालक, सहचालक तथा अन्य कर्मचारीहरुको स्वास्थ्य बीमा गरिदिने उल्लेख छ । असाध्यै रोग लागेका प्रभावित क्षेत्रका वासिन्दालाई महानगरवासीले पाए सरहको सुविधा उपलब्ध गराउने पनि सहमतिमा उल्लेख छ ।
फोहोर बोक्ने गाडीबाट बाटोमा लिच्चड नचुहिने व्यवस्था एक महिनाभित्र मिलाउने र फोहोरबाट निस्कने लिच्चड खोलामा नमिसाउने गरी दुई महिना भित्र वैज्ञानिक व्यवस्थापन गर्ने सहमति भएको छ ।
सिसडोल तथा बन्चरे डाँडाको फोहोरको दुर्गन्ध नआउने गरी काठमाडौं महानगरपालिकाले एक महिनाभित्र व्यवस्थापन गर्ने, फोहोरमैला प्रभावित क्षेत्र आसपासलाई सम्भव भएसम्म हरियाली रुपमा विकास गर्ने लगायतका सम्झौता भएका छन् ।
काठमाडौंको फोहोर रातिको समयमा मात्र ढुवानी गर्ने गरी सहमति भएपछि आजैबाट फोहोर उठ्ने भएको हो ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस