काठमाडौंको फोहोर फ्याल्ने सिसडोलमा निःशुल्क स्वास्थ्य शिविर
काठमाडौं । काठमाडौंको फोहोर फ्याल्ने नुवाकोटस्थित ल्याण्डफिल साइट सिसडोलमा निःशुल्क वृहत्त स्वास्थ्य शिविर गरिने भएको छ ।
युथ फर नेशनका अध्यक्ष एवं मनोरोग चिकित्सक डा. निकोलेश भुसालको नेतृत्वमा उक्त वृहत्त स्वास्थ्य शिविर सिसडोलमा हुन लागेको हो । नुवाकोटको ककनी गाउँपालिका-१, २ र ३ लाई लक्षित गरेर मंगलबार विशेषज्ञ चिकित्सकसहित स्वास्थ्य शिविर गर्न लागिएको हो ।
सिसडोलमा झाडापखला,ज्वरो,दम, सुगर, प्रेसर, मनोरोगीहरुको स्वास्थ्य परीक्षण र निःशुल्क औषधि वितरण गरिने कार्यक्रम राखिएको छ । स्वास्थ्य शिविरमा मुटु रोग विशेषज्ञ डा. अनिल भट्टराई, कलेजो विशेषज्ञ डा. महेश शर्मा, डा. सुदर्शन न्यौपाने, डा. कालम खान, डा. आस्था ढकाललगायतको टोलीले स्वास्थ्य परीक्षण गर्ने युथ फर नेशनले जनाएको छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस