वीपी प्रतिष्ठानको पार्किङबाट बाइक चोर समातिए


धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पार्किङबाट मोटरसाइकल (बाइक) चोरी गर्दै गर्दा एक व्यक्ति पक्राउ परेका छन् ।

वीपी प्रतिष्ठानका एक सुरक्षा गार्डका अनुसार धनकुटाको शहीदभूमि गाउँपालिका-२ घर बताउँने एक व्यक्तिलाई बाइक चोरी गर्दै गर्दा वीपी प्रतिष्ठानको गाईनो विभागको पार्किङबाट समातिएको हो । १ बजे पार्किङबाट बाइक चोरी गर्ने प्रयाा गर्दस गर्दा ती व्यक्ति समातिएका हुन् । डिउटीमा खटिएका सुरक्षा गार्डले ती बाइक चोरलाई नियन्त्रणमा लिन सफल भएका छन् ।

वीपी प्रतिष्ठानको पार्किङबाट बाइक चोरी हुने क्रम बढेपनि प्रतिष्ठान प्रशासन मुकदर्शक बनेर बसिरहेको छ । वीपी प्रतिष्ठानमा कार्यरत चिकित्सकहरुको बाइक चोरी हुँदा पनि प्रशासनले बेवास्ता गर्दै आएको छ । केही वर्षअघि वीपी प्रतिष्ठानमा कार्यरत चिकित्सक रिनेश सापकोटाको बाइक चोरी भएको थियो । उनले आफ्नो बाइक चोरी भएको भनेर शिकायत गर्दा पनि वीपी प्रतिष्ठानको प्रशासनले कुनै सहयोग गरेन । यसले वीपीका कर्मचारीकै मिलेमतोमा बाइक चोरी हुने गरेको आशंका व्याप्त छ ।

वीपी प्रतिष्ठानको उपकुलपतिमा डा. ज्ञानेन्द्र गिरी आएपछि प्रतिष्ठानमा यस्ता चोरी र बदमासीका घटना बढ्न थालेका छन् । वीपी प्रतिष्ठानमै कार्यरत चिकित्सकहरुको सवारीसाधन हराउँदा पनि प्रशासनले त्यसको सुनुवाई गरेको देखिँदैन ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ