चार महिनापछि टेकु अस्पतालमा कोरोना संक्रमित भेटिए
काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा चार महिनापछि कोरोना संक्रमित भेटिएका छन् ।
आज उक्त अस्पतालको ल्याबमा परीक्षण गर्दा एक व्यक्तिमा कोभिड-१९ ‘पोजेटिभ’ फेला परेको हो । अस्पतालका अधिकारीहरुका अनुसार चार महिनापछि आज कोभिडको पहिलो केस भेटिएको हो । त्यसबीचमा अस्पतालको ल्याबमा परीक्षण गर्न आउने व्यक्तिमा कोभिड-१९ पोजेटिभ देखिएको थिएन ।
भारतमा कोभिड-१९ संक्रमण फेरि फैलिन थालेको समाचार आइरहदा नेपालमा पनि कोभिडका केसहरू देखिन थालेका छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा चार महिनापछि कोरोना संक्रमित त्यो कुरालाई पुष्टि गर्छ ।
हाल देशभर दैनिक औषत १० जनामा कोभिड-१९ को संक्रमण देखिँदै आएको छ । शुक्रराज अस्पतालमा भने याे चार महिनापछिकाे पहिलाे केस भएको अस्पतालका अधिकारीहरु बताउँछन् ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस