पहिलोपटक धेरै सेवा दिने उदेश्यले प्रोमेड ‘मल्टीस्पेसियाल्टी क्लिनिक’ संचालनमा


काठमाडौं । राजधानीको सिनामंगलमा अत्याधुनिक उपकरण सहितको प्रोमेड ‘मल्टीस्पेसियाल्ट क्लिनिक’ संचालनमा आएको छ । नेपालमै पहिलो पटक सबै भन्दा धेरै स्वास्थ्य सेवा एकै स्थानबाट दिने उदेश्यले स्थापना गरिएको क्लिनिक आइतबार देखि औपचारिक रुपमा संचालनमा आउने भएको हो । काठमाडौंमा सबै भन्दा धेरै सेवा दिने सस्थाका हिसाबले यसलाई संचालनमा ल्याइएको अधिकारीहरुले बताएका छन् ।

प्रोमेड ‘मल्टीस्पेसियाल्ट क्लिनिक’ का मेडिकल डाइरेक्टर डा पर्शुराम घिमिरेका अनुसार आइतबार देखि २० गते सोमबार सम्म निशुल्क ओपिडि सेवा संचालन हुने छ । प्रोमेडले हरेक बिरामीहरुसँग सेवामा २० प्रतिशत रकम छुट दिने बताएको छ । सेवा बिहान ७ देखि बेलुकी ८ बजेसम्म खुला रहने छ ।

काठमाडौंमा नविन र नागरिकले चाहेको स्थानबाट तिब्र गतिमा सेवा दिनका लागि प्रोमेड सुरु गरिएको डा घिमिरेले बताए । उनका अनुसार सेवाका लागि धेरै क्षेत्रका चिकित्सकहरु समावेश गरिएको छ । प्रोमेडमा सेवा लिनका लागि पुगेका बिरामीले कुनै पनि बाहनामा अन्यन्त्र जानु नपरोस भन्ने यसको मुख्य उदेश्य हो डा घिमिरे भन्छन् ।

प्रोमेड ‘मल्टीस्पेसियाल्ट क्लिनिक’ले बताए अनुसार सबै खाले सेवाका लागि विशेषज्ञ चिकित्सकहरु समावेश गरिएको छ । आइभिएफको समेत योजना गरेर स्त्रीरोग सेवा सुरु गरिएको छ । जोर्नीको दुखाईका बिरामीहरुका लागि पनि नविनतम सेवा सुरु गरिएको छ ।

डा घिमिरेका अनुसार न्यरोलोजीकल सेवामा टाउको दुखाइका बिरामीहरु लक्षित गरेर छुटै सेवा सुरु गरिएको छ । यसमा सुक्ष्म अध्ययन गरेर उपचार गर्न देशका ख्यातिप्राप्त चिकित्सकहरु आवद्ध भएका छन् । समुदाय प्रति उत्तरदायीत्व बहन होस् भनेर हामीले १५ दिन निशुल्क स्वाथ्य शिविर सहित ओपिडि संचालन गर्न लागेका हौं डा घिमिरेले भने । अधिकारीहरुले बताए अनुसार १२ घण्टाको विशेषज्ञ सेवा हुने छ । तर, चिकित्सकले बिरामीले चाहेकै समयमा विशेषज्ञ सेवा दिनेछन् ।

यस्ता छन् सेवा

  • अत्याधुनिक प्रविधि सहित टेलिमेडिसिन सेवा ।
  • बिरामीले चाहेको समयमा विशेषज्ञ चिकित्सक सहितको सेवा ।
  • घरमै नमूना सङ्कलन, खोप, अनलाइन चिकित्सक परामर्श, औषधि वितरण र होम केयर स्वास्थ्य सेवा ।
  • प्याथलोजी ल्याव,अल्ट्रासाउन्ड, टिएमटी, पिएफटी, डिजिटल एक्स–रे, (डीआर सिस्टम) अल्ट्रासाउन्ड र इकोकार्डियोग्राफी, इन्डोस्कोपी र भ्याक्सिनेसन ।
  • हरेक सेवामा २० प्रतिशत रकम छुट ।

यस कारण प्रोमेड

  • वरिष्ठ विशेषज्ञ चिकित्सकहरू द्वारा स्वास्थ्य सेवा सम्बन्धी आवश्यकता पूरा गर्नको लागि ।
  • एकै ठाउमा उच्च गुणस्तरको एकीकृत स्वास्थ्य सेवा प्रदान गर्नको लागि ।
  • विभिन्न परिक्षण तथा उपचारको माध्यमबाट उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्न ।
क्याटेगोरी : जीवनशैली, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ