ईश्वर मन्दिरद्वारा भरतपुर अस्पताललाई इलेक्ट्रोलाइट एनलाइजर हस्तान्तरण
काठमाडौं ।‘ईश्वर मन्दिर’ संस्थाले भरतपुर अस्पताललाई दुई थान इलेक्ट्रोलाइट एनलाइजर हस्तान्तरण गरेको छ ।
पूर्व अर्थमन्त्री शंकर प्रसाद कोइरालाले ‘ईश्वर मन्दिर’ संस्थाका तर्फबाट उक्त उपकरण हस्तान्तरण गरेका हुन् । ‘‘ईश्वर मन्दिर’ संस्थाको तर्फबाट दुई थान Electrolyte Analyzer उपकरणहरू सो अस्पताललाई आज हस्तान्तरण गर्न पाउँदा आत्मसन्तोषको अनुभूति भएको छ!’, पूर्व अर्थमन्त्री कोइरालाले भनेका छन् । स्वास्थ्य परीक्षणका लागि आवश्यक र उपयोगी हुने यो मेशीनको सेवाबाट आम बिरामीहरू लाभान्वित हुने उनको विश्वास छ ।
भरतपुर अस्पताल अत्यधिक बिरामीको चाप पर्ने एउटा प्रमुख सरकारी अस्पताल भएकाे बताउँदै कोइरालाले सो सहकार्यको सुरूआत गर्ने भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी र मेसु डा. कृष्ण प्रसाद पौडेलप्रति आभार समेत व्यक्त गरेका छन् ।
उनले एमाइजिन प्यारेन्ट्स अष्ट्रेलियालाई पनि यस्तो पुनीत कार्यका लागि हार्दिक धन्यवाद दिएका छन् ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस