आजदेखि ललितपुर महानगरमा पानीपुरी-चटपटे बेच्न नपाइने हो ?
स्वास्थ्यका मापदण्ड पालना गरेर पानीपुरी- चटपटे बेच्नुपर्ने
काठमाडौं । आजदेखि ललितपुर महानगरपलिकाभित्र पानीपुरी-चटपटे बेच्न नपाइने भनेर नगर प्रहरीले माइकिङमार्फत जनायो त्यसैलाई आधार मानेर धेरै मिडियाले ललितपुर महानगरपलिकाभित्र पानीपुरी-चटपटे बेच्न नपाइने भन्ने समाचार प्रकाशित गरे ।
ललितपुर महानगरपालिकाले भने महानगरपलिकाभित्र पानीपुरी-चटपटे बेच्न पूर्ण रुपमा प्रतिबन्ध नलगाइको स्पष्ट पारेको छ । महानगरले हैजाको जोखिम देखिएकाले पानीपुरी र चटपटे बिक्रीमा कडाई मात्र गरेको बताएको छ ।
पानीपुरी र चटपटे खाँदा हैजा, झाडापखाला फैलिने भएका शुद्ध र सफा पानी प्रयोग गरेर बेच्न मात्र भनिएको ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले बताए । महानगरपालिकामा हैजा फैलिन सक्ने भएकाले स्वास्थ्यका मापदण्ड पालना गरेर मात्र पानीपुरी-चटपटे बेच्न आग्रह गरिएको उनको भनाइ छ ।
स्वाथ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन अनुसार पानीपुरी-चटपटे बेच्न महानगरले कडाई गरेको भएपनि पूर्ण रुपमा प्रतिबन्ध लगाएको हैन ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस