कुपोषण बालबालिका भएका परिवारलाई पालिकाद्वारा बाख्रा वितरण

कुपोषण भएका बालबालिकाका परिवारलाई बैतडीको दोगडाकेदार गाउँपालिकाले बाख्रा वितरण गरेको छ।
एक बहु क्षेत्रीय पोषण योजना अन्तरगत गाउँपालिका भरीका ५० परिवारलाई बाख्रा वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले बताए।
कुपोषण भएका बालबालिकालाई पौष्टिक तत्त्वका लागि मासु खुवाउन बाख्रा पालन गर्नु उपयुक्त हुने भन्दै बाख्रा वितरण गरिएको हो।
बाख्रा पाएका बालबालिकाका परिवारका व्यक्तिहरूलाई शुक्रवार गाउँपालिका कार्यालयमै बोलाएर बाख्रा वितरण गरिएको गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले बताइन्। ठूलो बाख्रा पाउने लाई एक बाख्रा र सानो पाउनेलाई दुई बाख्राका दरले दिइएको हो।
किसानलाई बाख्रा पालनमा आक्रोसित बाख्रा वितरण गरिएको उपाध्यक्ष काकीले बताइन्। अब एकै बाख्राबाट बढाउँदै व्यवसायीकै बाख्रा पालन गर्ने दोगडाकेदार १ की हरु भुलले बताइन्।
क्याटेगोरी : विविध, समाचार
ट्याग : #कुपोषण बालबालिका
तपाईको प्रतिक्रिया दिनुहोस