बागलुङमा डेंगुको जोखिम

बागलुङमा गर्मी बढेसँगै डेंगुका बिरामी फेला पर्न थालेका छन्। जिल्लामा डेंगुको जोखिम देखिन थालेको हो। जिल्लामा यो रोगको सङ्क्रमणका दुई जनामा बिरामी भेटिएको हो।
धवलागिरि अस्पतालमा उपचार गर्न आएकी एक महिला र एक पुरुषमा लक्षण देखिएपछि परीक्षण गर्दा डेंगु पुष्टि भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र बी पोखरेलले जानकारी दिए। उनीहरु शनिबार र आइतबार अस्पताल भर्ना हुन आएका थिए। सङ्क्रमित बागलुङ नगरपालिका–७ का र ९ रहेका छन्। ती बिरामीको अवस्था अहिले सामान्य रहेको अस्पतालले जनाएको छ।
उच्च तापक्रम रहेको ठाउँमा पाइने एडीच प्रजातिको लामखुट्टेले टोकेपछि डेंगु हुने हुँदा सरसफाइमा ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीको भनाइ छ। वर्षात्का कारण जमेको पानीबाट बढी लामखुट्टे उत्पादन हुने गरेकाले पानी जम्ने खाल्डाखुल्डी पुर्नुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ। रासस
क्याटेगोरी : समाचार
ट्याग : #डेंगु, #बागलुङ
तपाईको प्रतिक्रिया दिनुहोस