काठमाडौं महानगरले कुहिने र नकुहिने फोहोर उठाउने बार तोक्यो
काठमाडौं । काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहोर उठाउने बार तोकेको छ ।
साउन १ गतेबाट कुहिने फोहोर “आइतबार र बुधबार” तथा नकुहिने फोहोर “सोमबार र शुक्रबार” संकलन हुने काठमाडौं महानगरपालिकाले जनाएको छ । महानगरपालिका बासीमा फोहोर वर्गीकरण( कुहिने र नकुहिने छुट्याउन) अनुरोध गरेको हो ।
साउन १ गतेबाटदेखि कुहिने र नकुहिने फोहोर नछुट्याए फोहोर संकलन नगर्ने पनि महानगरपालिकाको चेतावनी छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस