विद्यार्थीलाई ओपीडी नि:शुल्क सहित सबैखाले उपचारमा ५० प्रतिशत सहुलियत दिन अनेरास्ववियूको माग

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले सरकारी विद्यालय तथा क्याम्पसका विद्यार्थीलाई ओपीडी सेवा नि:शुल्क सहित सबैखाले उपचारमा ५० प्रतिशत सहुलियत दिन माग गरेको छ।
स्वास्थ्यमन्त्री भवानी खापुङ र स्वास्थ्य राज्यमन्त्री हीराचन्द्र केसीलाई बुधबार एक पत्र मार्फत अनेरास्ववियूले माग गरेको छ ।
अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले पेश गरेको पत्रमा ‘विद्यार्थीको स्वास्थ्यमाथि खेलबाड नहोस्, स्वास्थ्य उपचारबाट कुनै पनि विद्यार्थी वञ्चित नहोस भने उल्लेख छ ।
क्याटेगोरी : मेडिकल शिक्षाट्याग : #अनेरास्ववियू, #स्वास्थ्यमन्त्री भवानी खापुङ
तपाईको प्रतिक्रिया दिनुहोस