वीरकाे १३३ औं वार्षिकोत्सव, १ कराेड नाफामा (फाेटाे फिचर)
काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल १३२ वर्ष पूरा गरि १३३ वर्षमा प्रवेश गरेकाे छ । एक वर्षमा वीरले १९ प्रतिशत बिरामीलाई निःशुल्क उपचार सेवा दिएको छ । १ कराेड भन्दा बढी नाफा कमाएको छ ।
एक वर्षभर अस्पतालमा उपचार सेवा लिन पुगेका बिरामीहरुमध्ये १८ दशमलब ८ प्रतिशतलाई पूर्ण निःशुल्क सेवा दिएको हो ।
अस्पतालको तथ्यांक अनुसार यस वर्ष वीर अस्पतालमा ४ लाख ३३ हजार १ सय ८ जनाले सेवा लिएका छन् । उक्त संख्यामध्ये ८१ हजार २ सय ५ जनाले पूर्ण निःशुल्क सेवा पाएको अस्पतालले जनाएको छ ।
वीर अस्पतालमा यो वर्षभर ३ लाख ७९ हजार ९ सय ७ जनाले ओपिडीबाट सेवा लिएका छन् । यता १५ हजार ६ सय २३ जना भर्ना भएका छन् । त्यस्तै ३७ हजार ४ सय ९ जनाले अकास्मिक सेवा लिएका छन् ।
देशभरबाट उपचारका लागि आएका बिरामीमध्ये अत्यन्तै गरिब र विपन्न वर्गका नागरिकहरुलाई निःशुल्क उपचार सेवा दिएको हो । निजी अस्पतालले सम्पती जति चुसेर खोस्टो मात्रै भएपछि निःशुल्क सेवा लिन वीर अस्पताल पठाउने गरेका छन् ।
एक वर्षमा वीरले ३ हजार ३ सय ३३ वटा जटिल शल्यक्रिया गरेको छ । मध्यम शल्यक्रिया १६ सय ९५ जनाको भएको छ र सामान्य शल्यक्रिया ४ हजार १ सय ५ जनाको भएको छ । प्याथोलोजी टेस्ट २ लाख ६४ हजार १६६ जनाको भएको छ । त्यस्तै रेडियोलोजी सेवा ४५ हजार ४५१ जनाले लिएका छन् ।
इन्डोसकोपी सेवा ३ हजार ७ सय ४ जनाले लिएका छन् । कोलोनोसकोपी सेवा १ हजार ३ सय ५ जनाले लिएका छन् । सिटि स्क्यान सेवा ११ हजार ५ सय ८३ जनाले लिएका छन् भने एमआरआई सेवा ६ हजार ४९ जनाले लिएको तथ्यांक रहेको छ । अल्ट्रासाउण्ड सेवा ४८ हजार ७५० जनाले लिएका छन् । न्युक्लियर मेडिसिन ३३ सय र डायलाइसिस सेवा १७ हजार ३७९ सेसन चलेको छ । जसबाट ६ सय ८ जनाले सेवा लिएका छन् ।
यस आर्थिक बर्षमा अस्पतालले ४४ कराेड १९ लाख ३० हजार ९९१ आमदानी गरेकाे छ भने । ४३ कराेड २० लाख ३२ हजार ८३६ खर्च भएको छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस