बंगुरमा अफ्रिकन स्वाइन फिभरको महामारी फैलियो, करोडौं नोक्सानी
काठमाडौं । बंगुरमा अफ्रिकन स्वाइन फिभरको महामारी फैलिएसँगै यसको मासुका पारखीका लागि चिन्ता थपिएको छ ।
काभ्रेलगायतका जिल्लामा अफ्रिकन स्वाइन फिभरका कारण सयौंको संख्यामा बंगुर मरेका छन् । यसले किसानलाई करोडौं नोक्सानी भएको छ । पछिल्लो समय ‘पोर्क’ मासुको डिमाण्ड बढिरहेका बेला व्यवसायिक रुपमा पालिएका बंगुरमा अफ्रिकन स्वाइन फिभर महामारी फैलिएको हो ।
प्रकाश बस्नेतलगायतले व्यवसायिक रुपमा पालेको बंगुर अफ्रिकन स्वाइन फिभर रोगका कारण मरेका छन् । उनीहरूले गरेको करोडौं लगानी खेर गएको हो । बागमती प्रदेश सरकारलाई उक्त विषयमा जानकारी गराइसकेको किसानहरुले बताएका छन् । बंगुरमा रोगको महामारी फैलिएसँगै यसको मासु खानेले पनि विशेष सतर्कता अपनाउनु पर्ने देखिन्छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस