स्वदेशी औषधिको प्रयोगमा जोड दिइने : मन्त्री खापुङ
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङले स्वदेशी औषधिकाे प्रयाेगमा जाेड दिने बताएका छन् ।औषधि ब्याबस्था बिभागको अनुगमन गर्ने क्रममा मन्त्री खापुङले यस्तो बताएका हुन् ।
नेपालमा उत्पादन हुने औषधि स्वदेशमै प्रयाेग गर्नु पर्ने, स्वदेशी औषधिकाे उपभाेगमा ध्यान दिनु पर्ने कुरामा जाेड दिए । यस विषयमा आफुले सराेकारवालासँग छलफल चलाउने समेत मन्त्रीले बताए ।
यसै अबसरमा मन्त्रलयकाे सचिब देब कुमारि गुरागाईले जनशक्तिको कमि भएकाेले केही चुनौती भएको अबगत गराइन् । औषधी व्यवस्था विभाग र देशभर गरि १२५ जना कर्मचारी मात्रै छन् ।यसले गर्दा अनुगमनका काम ओझेलमा छन्।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस