वीरका चिकित्सकद्वारा डा शाहमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग
काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा कार्यरत चिकित्सकहरुले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत डा करण शाहमाथि आक्रमण गर्नेलाई कारबाहीकाे माग गरेका छन्।
बुधबार विहान अस्पतालको इमरजेन्सी अगाडी प्लेकार्ड सहित उभिएर विरोध जनाएका हुन् । उनीहरुले डा करण साहलाई न्याय दिनु पर्ने माग गरेका छन् ।
भदौ २ गते डा शाह ड्युटीमा रहेको अवस्थामै प्रतिष्ठानमा कार्यरत कर्मचारीले लातले मुखमा हानेका थिए । उक्त घटना अत्यन्त लज्जास्पद भएको भन्दै यस्तो घटनामा संलग्न कर्मचारीलाई कडा कारबाही गरिनुपर्ने माग राखेका छन् ।
डा शाहलाई प्रतिष्ठानकै कर्मचारी धनबहादुर शाहीले कुटपिट गरेका थिए। उनको टाउको र नाकमा चोट लागेको छ। हालै नेपाल चिकित्सक संघको पहलमा विना धराैटी जेल चलान गर्ने कानुन आएकाे छ । उक्त कानुन आएपछिकाे याे पहिलाे कुटपिटको घटना हाे ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस