मेयर खत्रीले सैलुङ्ग कन्ट्रक्शनका अधिकारीलाई भने अलपत्र कमल विनायक-नगरकोट सडकको काम तत्काल सुरु गर्नुहोस


भक्तपुर । चागुनारायणका मेयर जीवन खत्रीले कमलविनायक–भत्केको पाटी–नगरकोट सडक खण्डको काम तत्काल अघि नबढाए काम छोड्न निर्माण व्यवसायीलाई चेतावनी दिएका छन । सैलुङ्ग कन्ट्रक्शनका प्रतिनिधि अनुप अधिकारीलाई आज नगरपालिकामा बोलाएर मेयर खत्रीले सडक निर्माणको काम तत्काल काम अघि नबढाए काम छोड्न चेतावनी दिएका हुन ।
निर्माण व्यवसायीले सडक निर्माण नगरेका कारण विगत आठ वर्षदेखि हैरानी बेहोर्दै आएका स्थानीयबासीको पीडालाई हल गर्न मेयर खत्रीको विशेष पहलमा आज छलफल भएको हो । निर्माण व्यवसायीले बाटो बनाउलान भन्ने आश मारिसकेका स्थानीयलाई मेयरको अग्रसरताले बाटाे बन्ने आशा जगाएको छ ।

नगर प्रमुख खत्रीको पहलमा भएको छलफलमा निर्माण व्यवसायी अधिकारीले तीन ठाउँबाट सुरु गरी सम्पन्न नभएसम्म निरन्तर डिजाइन र स्टमेट अनुसार जतिसक्दो चाडो काम सक्ने प्रतिवद्धता व्यक्त गरेका छन । जनताका पीरमार्कालाई जोडदार रुपमा उठाउँदै आएका विकासप्रेमी मेयर खत्रीसँगको आजको छलफलमा व्यवसायी अधिकारीले नगरपालिकासँग लिखित सहमति गरेर अघि बढ्न तयार रहेकाे बताएका छन । विश्वास टुटाईसकेका निर्माण व्यवसायीलाई मेयर खत्रीले ठेक्का सम्झौक्ता अनुसार गुणस्तरिय काम नभए स्थानीय सरकार टुलुटुलु हेरर बस्न नसक्ने बताए ।

सैलुङ्ग कन्ट्रक्शनले ठेक्का पाएको कमल विनायक–नगरकोट सडक खण्ड विगत आठ वर्षदेखि अधुरो छ । संघर्ष समिति बनाएर सडकमा आन्दोलन गरेका स्थानीय बासिन्दा पटक पटक भौतिक पूर्वाधार मन्त्रालय धाए । तैपनि अधिकारीले काम अघि बढाएनन । उक्त सडकको लागत ३१ करोडबाट बढाएर ३६ करोड पुर्याइएको छ ।

दुई वर्ष भित्र निर्माण सम्पन्न गरि कमलविनायक–भत्केको पाटी– नगरकोट सडक खण्डको २०७१ सालमा बोलपत्र टेण्डर भएको थियो । सैलुङ्ग कन्ट्रक्शनको चरम लापरबाही र निर्माण व्यवसायी शारदा प्रसाद अधिकारीको अतिनै हेलचक्राईको कारण अहिलेसम्म सडक निर्माण हुन नसकेको छैन । निर्माण व्यवसायी अधिकारी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी हुन ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ