विवादित अस्पताल नर्भिकमा बिरामी भेट्न प्रधानमन्त्री पुगे
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा शनिवार थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल पुगेका छन् ।
लामो समयदेखि मृगौलाबाट पीडित भई हाल नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत धनगढीका स्थायीबासी नरबहादुर बलायरलाई भेट्न प्रधानमन्त्री देउवा अस्पताल पुगेका हुन् ।
विवादित अस्पताल नर्भिक पुगेका प्रधानमन्त्री देउवाले बलायरको स्वास्थ्य अवस्था र उपचारपछि भइरहेको प्रगति लगायतको विषयमा चासो दिएका थिए । करिब ५ मिनेट बलायर र उनका आफन्त तथा उपचारमा संलग्न चिकित्सक टिमसँग कुरा गरी देउवा फर्किएका थिए । धनगढीका ८१ वर्षीय बलायर दुवै मृगौलामा समस्या भई केही दिनअघिदेखि नर्भिक अस्पतालमा भर्ना भई उपचाररत छन् ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस