डा केसीले अनशन ताेडे
काठमाडौं । डा गोविन्द केसी र सरकारबीच दश बुँदे सहमित भएसँगै १३ दिन लामाे अनशन ताेडिएकाे छ । सरकारसँगको सहमतिसँगै डा केसीले अनसन तोडेका हुन् । सहमति जुटाउन स्वास्थ्य सचिव डा राेशन पाेखरेल,नीति याेजना प्रमुख डा कृष्ण पाैडेल र प्रधानमन्त्रीका स्वास्थ्य विज्ञ सल्लाहकार डा आर्पी बिच्छा अफिसकाे कामै छाडेर लागेका थिए
डा केसीले त्रिवि शिक्षण अस्पतालमा उपचाररत सुनसरीका अरमन अन्सारी र बिरामी कुरुवा कैलालीकी सरिता चौधरीको हातबाट जुस पिउँदै अनसन तोडेका हुन्।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस