स्वास्थ्य व्यवसायी दुर्गा प्रसाई निर्वाचन नलड्ने


काठमाडौं । स्वास्थ्य व्यवसायी दुर्गा प्रसाईले निर्वाचन लड्ने मनसाय नभएको बताएका छन् । स्वास्थ्य लाइभसँगको कुरामा प्रसाईले अहिले निर्वाचन लड्ने आफ्नो मनसाय नभएको बताएका हुन् ।

प्रसाई झापामा निकै लोकप्रीय समाजसेवीका रुपमा परिचित छन् । अझ उनले पछिल्लो समय वैदेशिक रोजगारीमा रहँदा विभिन्न आरोपमा जेल जीवन बिताइरहेका नेपालीहरुको उद्धार गरेपछि लोकप्रियता बढेको छ । तर, उनले भने आफु निर्वाचन नलड्ने बताएका छन् ।

केही समय अगाडिसम्म निर्वाचन लड्ने सार्वजनिक अभिव्यक्ति दिएपनि पार्टीले टिकट वितरण गरेपछि दुर्गा प्रसाई मौन बसेका छन् । प्रस्तावित विएण्डसी मेडिकल कलेजका संचालक समेत रहेका प्रसाईले अहिले स्वतन्त्र उठ्ने भनी गरिएको प्रचारप्रसारप्रति भने आफूलाई होच्याउन खोजेको अभिव्यक्ति दिएका हुन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ