मोरङ-३ मा पूर्व स्वास्थ्यमन्त्री ढकाल र स्वास्थ्य व्यवसायी शर्मा आम्नेसाम्ने


काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र स्वास्थ्य व्यवसायी सुनिल शर्माबीच प्रतिस्पर्धा हुने भएको छ ।

नेकपा एमालेका तर्फबाट ढकाल र कांग्रेसबाट शर्मा प्रतिनिधिसभाको उम्मेदवार बनेसँगै यी दुईबीच कडा भिडन्त हुने देखिन्छ ।

कोरोनाकालमा मेडिकल सामग्री खरिदमा मुछिएका ढकाललाई यसपटक मोरङ-३ बाट जित हासिल गर्न मुस्किल पर्ने आँकलन गरिएको छ । ओम्नी काण्डमा परेर विवादित बनेका ढकाललाई मेडिकल सामग्री खरिद अनियमिततामा संसदको सार्वजनिक लेखा समितिले कारबाही गर्न सिफारिस समेत गरेको छ । तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अहिलेसम्म उक्त बदमासीमा मुद्दा चलाएको छैन । मुलुकमा कोरोनाको संकट परेको बेला कमिसनमा लिप्त हुने ढकालमाथि मोरङ-३ का जनताले विवेक प्रयोग गर्ने बुद्धिजीवीहरु बताउँछन् ।

स्वास्थ्यमन्त्री हुँदा विवादै विवादमा तानिएका ढकाल र शिक्षा मन्त्रालयमा वार्तामा जाँदा विद्यार्थीद्वारा अपमान भोगेका स्वास्थ्य व्यवसायी शर्मा फेरि मोरङ-३ मा आम्नेसाम्ने भएका छन् ।

काठमाडौं मेडिकल कलेज, नोवेल मेडिकल कलेजलगायतका संस्थामा लगानी गरेका शर्मा र स्वास्थ्य मन्त्रालय चलाएका शर्माबीचको प्रतिस्पर्धाले अहिले मोरङ-३ पनि चर्चामा रहेको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, #सुनिल शर्मा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ