डेंगु संक्रमित प्रदेशसभा उम्मेदवार गुरू घिमिरे अस्पताल भर्ना


काठमाडौं । डेंगु संक्रमित मोरङ् क्षेत्र नं-४ प्रदेश (क) का प्रदेश सभा उमेदवार गुरुराज घिमिरे अस्पताल भर्ना भएका छन् । उनी अस्वस्थ भएपछि बिराटनगरस्थित नोबल हस्पिटलमा भर्ना गरिएको छ ।

उनको स्वास्थ्य अवस्था बुझ्न नेपाली कांग्रेसका नेता डा शेखर कोइराला नोबेल अस्पताल पुगेका छन् । उनको स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको अस्पतालले जनाएको छ ।

घिमिरे  कांग्रेस पूर्व केन्द्रीय सदस्य समेत हुन् ।  घिमिरेको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पुगेका नेपाली कांग्रेसका नेता डा. कोइरालले शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

क्याटेगोरी : मेडिकल शिक्षा

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ