‘नो, नट अगेन’को टार्गेटमा गगन थापा, महेश बस्नेतदेखि बिनोद चौधरीसम्म

सुनसरी । समाजिक सञ्जाल फेसबुक, ट्वीटरलगायतमा ‘नो, नट अगेन’ अभियान सञ्चालन गरिएको छ । निर्वाचन आयोगले प्रधानमन्त्री भइसकेका शीर्ष नेतामाथि आगामी मंसिर ४ गते हुन गईरहेको प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा चलाइरहेको ‘नो, नट अगेन’ रोक्न चेतावनी दिएपछि युवा नेताहरू उक्त अभियानको टार्गेटमा परेका हुन् ।
नेपाली कांग्रेसका युवा नेता एवं पूर्व स्वास्थ्यमन्त्री गगन कुमार थापा, एमालेका युवा नेता एवं पूर्व उद्योगमन्त्री महेश बस्नेत, माओवादी केन्द्रकी नेतृ एवं पूर्व खानेपानीमन्त्री बिना मगरदेखि बिनोद चौधरीसम्म ‘नो, नट अगेन’को टार्गेटमा परेका छन् ।
पूर्व सभामुख सुभाषचन्द्र नेम्वाङ, पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव, पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटादेखि उम्मेदवार नै नभएका पूर्वमन्त्री अफ्ताब आलम समेत ‘नो, नट अगेन’को टार्गेटमा परेका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, माधव नेपाल, पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, बाबुराम भट्टराई सुरुदेखि नै ‘नो, नट अगेन’ अभियानको टार्गेटमा परेका थिए ।
अहिले उम्मेदवार नै नभएका कांग्रेस नेता एवं पूर्व अर्थमन्त्री रामशरण महत, वर्षामान पुन, जनार्दन शर्मा, विष्णु पौडेल र सुरेन्द्र पाण्डे पनि ‘नो, नट अगेन’ अभियानको टार्गेटमा परेका छन् ।
अहिले उम्मेदवार नै नभएका कांग्रेस नेता मिन विश्वकर्मा, ओनसरी घर्ती, इश्वर पोखरेल, सुजाता कोइराला, विजय गच्छदार पनि ‘नो, नट अगेन’ अभियानको टार्गेटमा परेको पाइन्छ ।
त्यस्तै उम्मेदवार नै नभएकी कांग्रेस नेतृ डा. डिला संग्रौला, लालबाबु पण्डित, पद्या अर्याल, देव गुरुङ, कृष्ण प्रसाद सिटौला, महन्थ ठाकुरलगायत पनि ‘नो, नट अगेन’मा परेका छन् । यो अभियान पछिल्लो समय राजनीतिक दलका युवा नेताप्रति लक्षित हुँदै गएको देखिन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #'नो, #गगन थापा, #नट अगेन', #महेश बस्नेत, #विना मगर, #विनोद चौधरी
तपाईको प्रतिक्रिया दिनुहोस