डा धमेन्द्र कर्णले कर छलेको आशंका


काठमाडौं । बरिष्ठ यौन तथा छालारोग विशेषज्ञ डा. धमेन्द्र कर्णले कर छलेको आशंका गरिएको छ । स्वास्थ्य लाइभले पाएको एउटा बिलबाट डा. कर्णले कर छलेको आशंका गरिएको छ । अगष्ट महिनामा २४ लाख रुपैयाँ संस्थाको खातामा नभएर डा. कर्णकी श्रीमती सुनिताको नाममा जम्मा भएको पाइएको हो ।

मध्य बानेश्वरमा रहेको क्युटिस स्किन क्लिनिकबाट भएको कारोबारको रकम कर्णले कम्पनीको खातामा नभएर श्रीमतीको व्यक्तिगत खातामा जम्मा गरेको देखिएको छ ।

गोप्य सुत्रबाट उक्त आम्दानीको रकम श्रीमतीको खातामा जम्मा भएको देखिएको छ । यसबाट मासिक भाडाबापतको रकम उनले कम्पनीमा जम्मा नगरेको देखिएको हो ।

क्लिनिक स्रोतका अनुसार भाडा लिएको र आय कर डा. कर्णले छल्दै आएका छन् । एक अधिकारीले भने, ‘यसरी संकलन भएको रकम क्लिनिकको नाममा जम्मा हुनुपर्ने हो । तर, डा कर्णले श्रीमतीको नाममा जम्मा गर्दै आउँनु भएको छ ।’,

डा. कर्णले मापदण्ड अनुसार कर्मचारी समेत नराखेको भन्ने गुनासोका आधारमा स्वास्थ्य लाइभले थप खोजबिन अगाडि बढाएको छ ।

क्लिनिकका प्रमुख समेत रहेका डा. कर्णले यस विषयमा जानकारी लिँदा अनभिज्ञता प्रकट गरे ।  ‘त्यसरी श्रीमतीको नाममा जम्मा त नहुनुपर्ने हो’, राज्यलाई कर छलेको जस्तो देखियो भन्ने स्वास्थ्य लाइभको प्रश्नमा उनले लरबराउँदै भने,’त्यस्तो छ छैन होला । त्यस्तो त छैन होला ।’, कर छलीको आशंकामा रहेका डा. कर्णले यो विषयमा थप खुल्न चाहेनन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ