ट्रमा सेन्टरको छानो चिरैचिरा, छानो खसेर मानवीय क्षती भए कसले बेहोर्छ ?
काठमाडौं । संघिय राजधानीको एक अस्पतालको छानो पुरै च्यातिएको छ । सिंहदरबार र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट ३ सय मिटरको दूरीमा रहेका एक संघिय अस्पतालको छत वारपार च्यातिएको छ ।
उपचार गर्न जाने बिरामीलाई अस्पतालमा ‘एम्बुस’ थापे जस्तो भएको छ । सन् २००३ मा भारत सरकारले ट्रमा भवन निर्माण गर्ने र आवश्यक सम्पूर्ण उपकरणहरू उपलब्ध गराउने घोषणा गरेको थियो । सोही अनुसार निर्माण भएको उक्त भवनको संरचना चिरा-चिरा परेको छ ।
संघिय अस्पतालको छानो काक्राको चिरा जस्तै हुँदा पनि प्रशासन र स्वास्थ्य मन्त्रालय मौन बसेको छ । बिरामीहरु हात खुट्टा भाचिए जस्तै भाचिएको छ छानो । एक बित्ताभन्दा बढी च्यातिएको छ । भवन सामान्य हल्लिदा पनि छानो झर्ने जोखिम छ । तर, यसमा सम्बन्धित निकाय कतिपनि चनाखो नहुँदा यसले ठूलो विपत ल्याउन सक्ने कर्मचारीहरु बताउँछन् ।
अस्पतालका निर्देशक डा. रुद्र मरासिनीले छानो च्यातिएको विषयमा आफू जानकार भएको बताए । ‘छानो च्यातिएको छ, यो सामान्य अवस्था हुँदै हैन डा. मरासिनीले भने, ‘यसको मर्मत गर्न हामीले पहत गर्नेछौं ।’,छिया-छिया भएको भवनको छानो खसेर कुनै पनि समय मानविय दुर्घटना हुन सक्छ । यसको जिम्मा कसले लिन्छ एकिन छैन ।
०७१ साल मंसिर १० र ११ मा काठमाडौंमा भएको सार्क सम्मेलनमा भाग लिन नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्रमा सेन्टर नेपाललाई हस्तान्तरण गरेका हुन् । उक्त भवन बनाउन कम्तिमा पनि सवा करोड खर्च लाग्ने जानकारहरु बताउँछन् ।
पौने दुई अर्ब रुपैयाँ खर्च गरेर दुई सय बेड क्षमतामा भवन बनाइएको थियो । तर, अहिलेनै भवन चिरा चिरा परेकोछ । छानाबाट पानी नचुहेको कुनै विभाग छैन ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस