यस्तो अवस्था आए आज प्रहरीले सीधै गोली चलाउन सक्छ


काठमाडौं । नेपाल प्रहरीले निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै सीधै गोली प्रहार गर्न सक्ने भएको छ ।

आज हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा गोली सीधै चलाउन सक्ने गरी प्रहरीले अधिकार पाएको छ ।

नेपाल प्रहरीका प्रमुख ( प्रहरी महानिरीक्षक) धिरजप्रताप सिंहको सर्कुलर अनुसार अनुसार मतपत्र वा पेटिका च्यात्ने वा फोड्ने काम गर्न खोजे, निर्वाचन सुरक्षामा खटिएका सुरक्षाकर्मीमाथि सांघातिक आक्रमण भए , निर्वाचन वा मतदान अधिकृतलाई आक्रमण गर्न खोजे आदेश नलिई सीधै गोली चलाउन सक्ने गरी निर्देशन दिइएको छ । मधेश प्रदेशमा पेशेवर अपराधीको प्रयोग गरेर निर्वाचन बिथोल्न खोजे त्यस्तो अवस्थामा पनि प्रहरीले सीधै गोली चलाउन सक्ने छ ।

विशेष परिस्थित भएकाले उक्त अवस्थामा प्रहरीले निर्वाचन सुरक्षाका लागि सीधै गोली चलाउने निर्देशन पाएको हो । निर्वाचन विथोल्न खोजे र यस्ता गतिविधि गर्न खोजे प्रहरीले फायर खोल्ने छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ