फ्रन्टलाइन अस्पतालकाे मधुमेह सचेतना र्याली


काठमाडौं । मधुमेह सचेतना महिना नोभेम्बर उत्तरार्धमा छ। यसै अवसरमा देशमा मधुमेह सम्बन्धी विभिन्न कार्यक्रम गरिएका छन् । राजधानीको फ्रन्टलाइन अस्पतालले पनि मधुमेह सचेतना महिनाकाे अवसरमा पैदल यात्राको आयोजना गरेकाे छ ।

अस्पतालका कर्मचारीले बिहान ७ बजेदेखि ९ बजेसम्म साढे तीन किलोमिटर पैदल यात्रा गरेका छन् । र्याली पुरानो बानेश्वर, गाैशाला, राताेपुल, मैतिदेबि हुँदै अस्पतालमा परिणाम भएकाे थियाे । पैदल यात्रामा सामाजिक अभियानताहरु बरिस्ठ मधुमेह एण्ड हर्मोन राेग विशेषज्ञ  डा. कामाक्क्ष शाहकाे सहभागीता थियाे ।

फ्रन्टलाइन अस्पतालका सीओओ सुरेश कुमार मनोहरले मधुमेह सचेतना महिना भएकाले आम नागरिकमा मधुमेहबारे चेतना जगाउन पैदल यात्रा गरेकाे बताए । 
अधिकारीहरु भन्छन् मधुमेहका बिरामी हरेक घर परिवारमा भेटिने अवस्थासम्म आइपुग्दा पनि यस रोगसम्बन्धी जनमानसमा रहेको चेतनाको स्तर खासै उपयुक्त देखिदैन । अझै पनि धेरै मान्छेहरुमा मधुमेह रोगप्रति आ-आफ्नै पूर्वाग्रही धारणा रहेका छन्। स्वयं मधुमेहका बिरामीले पनि यस रोगको बारेमा पर्याप्त जानकारी र परामर्श नपाएको हो कि भन्ने महसुस हुन्छ उनिहरु भन्छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ