डा. बुद्धिमानलाई पछि पार्दे महेश भट्टराई निर्वाचित
काठमाडौं । स्याङ्जा क्षेत्र नम्बर २(२) का प्रदेशसभा सदस्यमा डा. बुद्धिमान श्रेष्ठलाई पछि पार्दै महेश भट्टराई निर्वाचित भएका छन् ।
नेकपा एमालेका उम्मेदवार डा. बुद्धिमानलाई १ हजार ७ सय ८६ मतले पराजित गर्दै भट्टराई प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । एमालेका श्रेष्ठले १७ हजार २ मत ल्याउँदा भट्टराईले १८ हजार ७ सय ८८ मत ल्याएर विजयी भएका हुन् ।
डा. बुद्धिमान कन्तिपुर डेन्टल कलेजका सञ्चालक समेत हुन् ।
यता स्याङजा २(१) मा भने नेपाली कांग्रेसका भोजराज अर्याल विजयी भएका छन्।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस