अनुचित प्रयोगले “प्रभाव विहिन” हुँदै एन्टिबायोटिक


काठमाडौं । जथाभाबी बढ्दै गएको एन्टिबायोटिकको सेवनले एन्टिबायोटिकहरु प्रभाव विहिन हुँदै गएका छन् । एन्टिबायोटिकको दुरुपयोगले जन स्वास्थ्यमा गम्भिर चुनौती ल्याएको छ ।

सामान्य स्वास्थ्य समस्याहरुमा क्लिनिकल र प्रयोगशाला परीक्षण बिना एन्टिबायोटिकको सेवन, समय अवधि सम्म पूर्ण मात्रा एन्टिबायोटिक नखानु, कम गुणस्तरका एन्टिबायोटिकको प्रयोग, जस्ता थुप्रै समस्याले गर्दा एन्टिबायोटिक “प्रभाव विहिन” बन्न पुगेको हो ।

मनपरी रुपमा हुने गरेको सेवनले मानिस, वातावरण र जनावरको स्वास्थ्यमा गंभिर असर पर्न थालेको भन्दै यस क्षेत्रका विज्ञहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।

एन्टिमाइक्रोबियल रेजिस्टेन्स वा “प्रतिजैविक प्रतिरोध” विश्वका शीर्ष १० स्वास्थ्य खतराको सूचीमा छ । एन्टिमाइक्रोबियल रेजिस्टेन्स (एएमआर) ले वार्षिक रूपमा लगभग १० देखी १३ लाख मानिसहरुको मृत्युको कारण तथा यदि यसको नियन्त्रणको विरुद्धमा अहिले नै कुनै कदम चालिएन भने, सन् २०५० सम्ममा १ करोड मानिसहरुको मृत्यु विश्वव्यापी वार्षिक १३१० खर्ब नेपाली रुपैयाँको आर्थिक क्षति हुने अनुमान गरिएको छ ।

त्यस्तै, सन् २०३० सम्ममा एन्टिमाइक्रोबियल रेजिस्टेन्सले २ करोड ४० लाख मानिसलाई चरम गरिबीमा धकेल्ने अनुमान छ। प्रतिजैविक प्रतिरोध अन्त्य वा न्युनिकरणको लागि एक स्वास्थ्य अन्तर्गतका सबै सरोकारवालाले मिलेर काम गर्नु पर्नेहुन्छ ।

डा केदार कार्की लेख्छन् एन्टिबायोटिक रेसिस्टेन्स अर्थात् रोग प्रतिरोधी समस्या बढ्दो स्तरमा रहेको छ । जसलाई अरू नजरन्दाज गर्नु जनस्वास्थ्यका लागि हानिकारक हुन सक्छ । यसमा कुनै शंका छैन दसकौंदेखि यी रोगप्रतिरोधी औषधीले मानिस, पशुपक्षी एवं बालीनालीका संक्रामक रोगहरू बढाउँदै छ । जसरी जीवाणुहरू विकसित हँुदै छन् ती यिनै औषधीप्रति प्रतिरोधी बन्दै गइरहेका छन् । जसका कारण रोगप्रतिरोधी उपचार कम प्रभावी हुँदै गइरहेका छन् कार्की भन्छन् ।

एन्टिबायोटिकले काम नगर्दा विभिन्न ब्याक्टेरियाबाट हुने संक्रामक रोगको उपचारमा समस्या देखिएको छ । चिकित्सकहरु भन्छन् ब्याक्टेरियाबाट हुने संक्रमणको उपचारमा एन्टिबायोटिक प्रयोग गरिन्छ तर, यसको जथाभाबी दुरुपयोगले गर्नुपर्ने काम गर्न छाडेको छ । एन्टिबायोटिकले गर्ने काम निकै प्र्रभाव विहिन हुदै गएको डाक्टर सन्तोष दुलाल बताउँछन् ।

विश्वमा विभिन्न किसिमका सुक्ष्म जिवाणुहरु हुन्छन् । उनिहरु धेरै वर्ष अगाडी देखि बाँचिरहेका छन् । यी जिवाणु एकले अर्कालाई मार्नका लागि निकाल्ने वस्तुलाई एन्टिवायोटिक भनिन्छ । एन्टिवायोटिकलाई छलेर बाँच्न जिवाणुहरु कोसिस गरिरहेका हुन्छन् ।

ज्वरो, फ्लू, खोकी, शरीर दुख्ने सामान्य स्वास्थ्य समस्याहरुमा क्लिनिकल र प्रयोगशाला परीक्षण बिना, मानिसहरु एन्टिवायोटिक खान्छन् । तर, एन्टिबायोटिक रेसिस्टेन्स अर्थात् रोग प्रतिरोधी समस्याले जुन किटाणु एन्टिवायोटिकले मनुपर्ने हो, त्यो मर्दैन बरु सो किटाणुले एन्टिवायोटिकको क्षमतालाई कमजोर बनाएर जिवाणु बाच्छ र थप रोग लगाउँछ । त्यसैले स्वास्थ्य समस्याहरुमा सेव गर्ने एन्टिवायोटिकले हाल काम गर्न छाडेको अवस्था छ । यसले गर्दा विश्वमा ठुलो जनको क्षती भइरहेको छ ।

डा सन्तोष दुलाल एन्टिवायोटिकले काम नगरेर सामान्य घाउचोटका कारण बिरामीको मृत्यु हुने अवस्थालाई एन्टिबायोटिक रेसिस्टेन्स अर्थात् रोग प्रतिरोधी समस्या भन्न थालिएको सुनाउँछन् ।

अक्सफोर्ड विश्वविद्यालयको प्रतिवेदन २०२२ अनुसार सन् २०१९ मा विश्वभर अनुमानित १२ लाख ७० हजार मानिसको मृत्यु हुनुमा एन्टिमाइक्रोबियल रेजिस्टेन्स (एएमआर) प्रत्यक्ष रूपमा जिम्मेवार थियो र अनुमानित ४९ लाख ५० हजार मानिसको मृत्युसँग सम्बन्धित थियो । त्यस्तै, यदि यसको नियन्त्रणको विरुद्धमा अहिले नै कुनै कदम चालिएन भने, सन २०५० सम्म एएमआरको कारणले यो बढेर १ करोड मानिसहरुको मृत्यु हुने अनुमान गरिएको छ, डा दुलाल भन्छन् ।

डा दुलालका अनुसार पछिल्लो समय नागरिकहरु चिकित्सक समक्ष नपुगी फार्मेसीबाट औषधि किनेर खाने गरेकाले पनि समस्या ल्याएको हो । अझ कतिपय स्थानमात औषधि बेच्ने लाइसेन्स नपाएका व्यक्तिहरुले समेत फार्मेसीमा बसेर औषधिको बिक्रिवितरण गर्दै आएका छन् । सुरुमा सामान्य औषधि दिनुपर्नेमा एकै पटक ठुलो पावरको ‘सेकेन्ड लाइन वा लास्ट रिसोर्ट’ एन्टिवायोटिक दिदा अर्को पटकबाट औषधिले बिस्तारै काम गर्न छाड्छ ।

औषधिको गुणस्तर कम, फार्मेसीको हेलचेक्राई, पुरा डोज सेवन नगर्नु, चिकित्सकले प्रयोगशाला को निदानको प्रमाण बिना हचुवा मा प्रेस्क्रिसन लेख्ने, ल्याव परिक्षण नगरि एन्टिवायोटिक खान अनुरोध गर्नु, औषधिको जथाभाबी भण्डारण र डम्पिङ जस्ता कमजोरीले एन्टिबायोटिक रेसिस्टेन्स अर्थात् रोग प्रतिरोधी समस्या ल्याएको डा दुलाल बताउँछन् ।

सन् २०५० सम्ममा एन्टिबायोटिक रेसिस्टेन्स अर्थात् रोग प्रतिरोधी समस्याले प्रति वर्ष १ करोड नागरिकको मृत्यु हुने अनुमान गरिएको छ । त्यस्तै, सन् २०३० सम्ममा एन्टिमाइक्रोबियल रेजिस्टेन्सले २ करोड ४० लाख मानिसलाई चरम गरिबीमा धकेल्ने अनुमाने गरिएको छ ।

अब के गर्ने

डा सन्तोष दुलाल भन्छन् अब बहु दृष्टिकोणबाट काम गर्ने बेला आएको छ । जलवायु परिवर्तन, शुक्ष्म जिवाणुहरु छिटोछिटो परिवर्तने, परिमार्जित जीवाणु हरू द्वारा नयाँ महामारीहरू देखिनु, रोगहरु बृद्धि हुदै जानु, गुणस्तरीय उपचार नपाउनु, खाद्य पदार्थ र पशु उत्पादनमा एन्टिबायोटिक वा पेस्टिसाइडको जथाभाबी प्रयोग, अस्पतालको फोहोर, र प्रदूषकहरूको अनुचित खोलानालामा डम्पिङ गर्नुले एन्टिमाइक्रोबियल रेजिस्टेन्सको जोखिम बढाएको छ । जनसंख्या वृद्धि हुदै गएको छ । जल, जमिन, जंगलमाथी व्यापक थिचोमिचो भइरहेको छ । मानिसहरुको रहनसह चाल चलनले पनि समस्या बनाएको छ । जथाभाबी एन्टिवायोटिकको बिक्रिवितरणमा रोक लगाउनु पर्ने डा दुलाल बताउँछन् ।

एन्टिबायोटिक्स प्रतिरोध एउटा बहुआयामिक समस्या हो । यसलाई निराकरण गर्न मानव, पशु, खाद्य र वातावरण क्षेत्रमा काम गर्ने सरोकारवालाहरूको उत्तिकै सहभागिता र प्रतिबद्धता चाहिन्छ । सूक्ष्मजीवहरूले एन्टिमाइक्रोबियल प्रतिरोध विकास गरिरहेका छन् ताकि रोकथामको लागि एक स्वास्थ्य दृष्टिकोण तुरुन्तै अनुमोदन र कार्यान्वयन गरिनुपर्छ ।

एन्टिमाइक्रोबियल रेजिस्टेन्स अन्त्य वा न्युनिकरणको लागि एक स्वास्थ्य अन्तर्गतका सबै सरोकारवालाले मिलेर काम गर्नु पर्नेहुन्छ। स्वस्थ मानिस, स्वस्थ पशुपंक्षी, स्वच्छ वातावरण, बनाउन सबै सम्बन्धित व्यक्ति र सरोकारवालाहरू हातमा हात मिलाएर बहुआयामिक तथा बहु–क्षेत्रीय रणनीतिहरू सहित काम गर्नु पर्ने हुन्छ ।

परिवर्तित सूक्ष्मजीवाणु, उही एन्टिबायोटिक

अधिकारीहरु भन्छन् नयाँ नयाँ सूक्ष्मजीवाणुदेखा परेका छन् तर, वर्षौ देखि प्रयोग भइरहेका एन्टिवायोटिक भने उहि छन् । नयाँ एन्टिबायोटिक पत्ता लाग्न नसक्नु पनि समस्या हो । तोकिएको समय सम्म बिरामीले औषधि नखाने, बिचैमा छाड्ने गर्दा यस्ता घातक समस्या देखिन्छन् त्यसैले चिकित्सकको सल्लाह अनुसार मात्रै औषधिको सेवन गर्नु जरुरी छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार एन्टिमाइक्रोबियलको उचित तथा प्रभावकारी प्रयोगबारे नीति–नियमको अभाव, सिंगो स्वास्थ्य क्षेत्रको प्रणालीगत चुनौती, संरचनागत एवं सांस्कृतिक आदि कारणले गर्दा समुदायमा एन्टिमाइक्रोबियल रेजिस्टेन्सको चुनौती बढ्दो क्रममा छ ।

एन्टिमाइक्रोबियल अन्तर्गत एन्टिबायोटिक्स, एन्टिब्याक्टेरियल, एन्टिप्यारासाइटिक, एन्टिभाइरल र एन्टिफंगलजस्ता औषधि पर्छन । विभिन्न कारणले कीटाणु बलियो भई एन्टिमाइक्रोबियल औषधिले शरीरमा काम गर्न छोडेको अवस्था अर्थात् कीटाणुलाई औषधिले जित्न नसकेको अवस्थालाई एन्टिमाइक्रोबियल रेजिस्टेन्स भनिन्छ ।

सन् २०१७ मा विश्व बैंकको प्रकाशित प्रतिवेदनअनुसार सन् २०३० सम्ममा एन्टिमाइक्रोबियल रेजिस्टेन्सका कारण विश्वले वार्षिक एक ट्रिलिएन अमेरिकन डलर अर्थात १३१० खर्ब नेपाली रुपैयाँको आर्थिक क्षति व्यहोर्नुपर्ने हुन सक्छ । एन्टिमाइक्रोबियल रेजिस्टेन्सको फैलिँदो दर भने निम्न तथा मध्यम आय भएका देशमा उच्च छ । तीमध्ये नेपाल पनि एक हो ।

नेपालमा एन्टिमाइक्रोबियल रेजिस्टेन्स

एन्टिमाइक्रोबियलको उचित तथा प्रभावकारी प्रयोगबारे नीति–नियमको अभाव, सिंगो स्वास्थ्य क्षेत्रको प्रणालीगत चुनौती, संरचनागत एवं सांस्कृतिक आदि कारणले गर्दा समुदायमा एन्टिमाइक्रोबियल रेजिस्टेन्सको चुनौती बढ्दो क्रममा भएको डा सन्तोष दुलाल बताउँछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पनि एन्टिमाइक्रोबियल रेजिस्टेन्स बढ्दो जनस्वास्थ्य चुनौतीका रूपमा देखा परिसकेको छ । यसको प्रभावकारी रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले विभिन्न नीति–निर्माण तथा कार्यान्वयन गरिरहेको गुणस्तर मापन तथा अनुगमन महाशाखाका प्रमुख डा मदन उपाध्याय बताउँछन् ।

राष्ट्रिय स्वास्थ्य नीति २०१९ ले एन्टिमाइक्रोबियल रेजिस्टेन्सलाई जनस्वास्थ्यको चुनौतीका रूपमा व्याख्या गर्दै यसको प्रभावकारी रोकथाम तथा नियन्त्रणका लागि नेसनल एक्सन प्लानको आवश्यकता पनि औँल्याएको छ उनले भने ।

डा सन्तोष दुलाल का अनुसार मानव स्वास्थ्य, खाद्य पदार्थ र पशु (माछा, कुखुरा, मासु) उत्पादनमा एन्टिमाइक्रोबियलको सिफारिस र प्रयोग गर्ने तरिकालाई तत्काल परिवर्तन गर्न आवश्यक छ। यदि नयाँ औषधिहरू विकास गरियो भने पनि, व्यवहार परिवर्तन बिना, एन्टिमाइक्रोबियल प्रतिरोध एक प्रमुख खतरा रहनेछ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : ##AMR, ##mohp nepal, ##USAID, ##एन्टिमाइक्रोबियल रेजिस्टेन्स, ##डा केदार कार्की, #एन्टिबायोटिक रेसिस्टेन्स

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ