एचआईभी संक्रमितको विभेद

साढे २ अर्ब खर्च गरिन्छ तर, संक्रमितको भाइरस जाँचिदैन


काठमाडौं । एचआइभी संक्रमितको नाममा अन्तर्राष्ट्रिय संस्था ग्लोवल फण्डले वार्षिक रुपमा मोटो रकम खर्च गर्दै आएको छ । सरकारी निकायले खर्च गर्न नसकेपछि सेभ द चिल्ड्रेनमार्फत काम हुँदै आएको छ । तर, जसका लागि रकम खर्च गर्न बजेट आएको छ, उनीहरुको हितमा खर्च भएको देखिँदैन । कागजी रुपमा खर्च भएको देखाइए पनि व्यवहारमा त्यस्तो नभएको केही घटनाले पुष्टि हुन्छ ।

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको कमजोरीका कारणले पनि संक्रमितमाथि विभेद भएको छ । वर्षमा २ अर्ब २० बरोडभन्दा बढी रकम एचआईभी संक्रमितका लागि खर्च गरिएको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र बताउँछ । तर, एचआईभी संक्रमितको शरीरमा भाइरसको मात्रा परिक्षण गर्ने मेसिन नहुँदा संक्रमित समस्यामा परेका छन् । संक्रमितले पहिलाे पटक वर्षमा दुई पटक र त्यस पछि एक पटक शरिरिमा  भाइरस जाँच गराउनु पर्छ ।

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अनुसार सन् २०२१ मा मात्रै नेपालमा २ अर्ब २९ करोड ३७ लाख ६९ हजार रुपैयाँ राष्ट्रिय एचआईभी कार्यक्रमका लागि खर्च भएको छ । एचआईभी कार्यक्रममा अर्बौ रकम खर्च भएको छ तर, उनीहरुको शरीरमा भएको भाइरस हेर्न प्रयोग गरिने मेसिन बिग्रिएको तीन वर्षभन्दा बढी भएको छ । अझैसम्म मर्मत गरिएको छैन । गत वर्ष मात्र ५ सय १० जना एचआईभी संक्रमितको मृत्यु भएको छ ।

एचआईभी एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका सूचना अधिकारी लोकराज पाण्डेय भन्छन् , ‘संक्रमित जसले औषधि सेवन गरेका छन् उनीहरुले आफ्नो शरीरमा भाइरसको मात्रा कति छ, भनेर जान्नका लागि समय समयमा परीक्षण गराउँनु पर्छ । एक वर्ष सम्म ६, ६ महिना र त्यसपछि वर्षमा एकपटक स्वास्थ्य परीक्षण गराउँनु पर्छ ।’,

औषधि सेवन गर्ने संक्रमितको स्वास्थ्य अवस्थाबारे जानकारी लिन ६ जिल्लाका ९ अस्पतालमा भाइरस जाँच गर्ने मेसिन जडान गरेको छ । भाइरस लोड गर्ने मेसिन बिग्रदा सेवा प्रवाहमा समस्या आएको छ । हाल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्रै भाइरस लोडको परीक्षण हुने गरेको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, वीर अस्पताल, कोशी अस्पताल, नारायणी अस्पताल, सेती प्रादेशिक अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेत प्रादेशिक अस्पताल र बयलपाटा अस्पतालमा मेसिन राखिएको छ । तर, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाभन्दा अन्त चलेको छैन ।

पाण्डेका अनुसार आवश्यक उपकरणको अभावले गर्दा समयमा नमूना परीक्षण गर्न सकिएको छैन । समयमा नमुना परीक्षण नहुँदा नतिजा सकारात्मक नहुने मात्र हैन कतिपय अवस्थामा परिक्षण गर्न नपाउँदै बाटैमा खेर जाने गरेको छ ।

संक्रमितको दिनचर्या सहज बनाउँन मात्रै एचआईभीको औषधि सेवन गरिन्छ । एचआईभी संक्रमितको उपचार विधि भनेको नियमित औषधि सेवन मात्रै हो । यसका लागि नियमित औषधि सेवन आवश्यक पर्छ । सधै औषधि सेवन गरेपछि त्यसले कस्तो काम गरेको छ भनेर जान्न नमूना परीक्षण आवश्यक रहेको पाण्डे बताउँछन् । यसका लागि परीक्षण गर्ने मेसिन जरुरी हुन्छ ।

एचआईभीका लागि सरकारी तवरबाट मात्र हैन ग्लोवल फण्ड अन्तर्गत सेभ द चिल्ड्रेनले पनि ठूलो रकम खर्च गर्दै आएको छ । तर, उनीहरुलाई जनताको सेवामाभन्दा पनि नेता र नेतृत्व खुसी पार्दैमा ठिक्क भएको छ ।

एचआईभी संक्रमित व्यक्तिको शरीरमा भाइरसको मात्रा १ हजार कपिज पर एमएलभन्दा कम भएको खण्डमा राम्रो मानिन्छ । तर, भाइरस लोड गर्ने मेसिनहरु पनि धेरै पुराना भए । सबै प्रदेशमा पनि छैन्। सूचना अधिकारी समेत रहेका पाण्डे भन्छन्, ‘लुम्बिनी प्रदेश र मधेश प्रदेशमा मेसिन मात्र हैन भाइरस लोड गर्ने सेवा नै छैन ।’,
देशमा भएका र पत्ता लागेका २२ हजार संक्रमितमध्ये ४९ प्रतिशतको मात्रै भाइरस लोड सप्रेसन (न्युन) भएको छ । मेसिनहरु पुराना भएकाले परिवर्तन गर्नुपर्ने देखिएको छ । रिएजेन्टको पनि समस्या देखिएको छ । भाइरस लोड गर्ने मेसिन फरक फरक छन् । त्यसमा लगाउने रिएजेन्ट मेसिन अनुसार चाहिन्छ तर, मेसिन एउटा रिएजेन्ट अर्को हुँदा परीक्षण नभएको हो ।

केन्द्रलाई रिएजेन्ट खरिद गर्न पनि समस्या भएको अधिकारीहरु बताउँछन् । पाण्डेका अनुसार मेसिन पुराना भए, मर्मत गरिरहनु पर्छ । मर्मत गर्ने जनशक्ति नेपालमा नभएकाले बाहिरबाट ल्याउनु पर्छ । ल्याउन सक्ने अवस्था छैन । ८४ वटा एआरटी सेन्टर छ । ती सेन्टरबाट नमूना संकलन हुन्छ । नमूना संकलन गरेर मेसिन भएको स्थानमा लैजाँदा बिग्रिएको हुन्छ । यसले नमुनाबीचैमा काम नलाग्ने हुन्छ । रिएजेन्ट माग गरेको खण्डमा सेभले दिँदै आएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ