स्वास्थ्यका लागि खेल

सुर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन पनि रबि शीर्षस्थानमा


काठमाडौं । स्वास्थ्यका लागि खेल महत्वपूर्ण मानिन्छ । सुर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सुर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन ४–अन्डर ६४ को स्कोर गर्दै समग्रमा १०–अन्डर १ सय २६ सहित शीर्षस्थानमा कायमै रहन सफल भएका छन् ।

३६ होलको समाप्तीमा रबिले भुवन नगरकोटीलाई एक स्ट्रोकले पछि परेका छन् । लिडर रबिलाई दबाब दिएका भुवनले दोस्रो दिन रबिले जतिकै ४–अन्डर ६४ अंक जोड्दा समग्रमा ९–अन्डर १ सय २७ को स्कोरमा दोस्रो स्थानमा छन् ।

लगातार दोश्रो दिन १–अन्डर ६७ खेल्दै समग्रमा २–अन्डर १ सय ३४ स्कोरका साथ रमेश अधिकारी तेस्रो स्थानमा उक्लिएका छन् । शुक्र बहादुर राई, प्रदीप कुमार लामा र राजेन्द्र श्रेष्ठ प्रधान समग्रमा इभन–पार १ सय ३६ को स्कोरमा संयुक्तरुपमा चौंथो स्थानमा छन् ।

दाबेदार मानिएका शुक्रले खराब प्रदर्शन गर्ने क्रममा ३–ओभर ७१ मा दोस्रो दिनको खेल सकाए । प्रदीप र राजेन्द्रले समान २–अन्डर ६६ को स्कोर कार्ड तयार पारे । यसैगरी समग्रमा १–ओभर १ सय ३७ सहित कृष्णमान राजबाहक सातौं तथा २–ओभर १ सय ३८ को नतिजामा सुर्य प्रसाद शर्मा र जयराम श्रेष्ठ संयुक्तरुपमा आठौं स्थानमा रहेका छन् ।

रोयल नेपाल गल्फ क्लबमा भएको प्रतियोगिताको दोस्रो दिन पनि रबिले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिए । पहिलो, तेस्रो, चौंथो र छैटौं होलमा बर्डी प्रहार गर्दा नवौं होलमा एक सट खेर फाले। चनले फ्रन्ट नाइन ३–अन्डर ३१ मा सकाए । यसपछि १४औं र १७औं होलमा एक–एक सट बचाए पनि १६औं होलको बोगीले ब्याक नाइन १–अन्डर ३३मा पुरा गरे ।

भुवनले आज बोगीरहित राउण्ड खेले। उनले फ्रन्ट नाइन ३–अन्डर ३१ मा सकाउने क्रममा दोस्रो, चौंथो र पाँचौ होलमा बर्डी प्रहार गरे । यसपछि १५औं होलको अर्को बर्डीले ब्याक नाइन १–अन्डर ३३ मा सकाए ।

तेस्रो स्थानमा उक्लिएका रमेश अधिकारीले १–अन्डर ६७ को नतिजा निकाल्ने क्रममा फ्रन्ट नाइन १– अन्डर ३३ मा पुरा गरे । उनले पहिलो, तेस्रो, चौथो र नवौ होलमा बर्डी प्रहार गर्दा सातौ होलमा बोगी र पाँचौ होलमा डबल बोगीको सामना गरे ।

ब्याक नाइन इभन–पार ३४ मा सकाए । ११औं र १३औं होलमा एक–एक सट बचाए भने १५औं र १७औं होलमा एक–एक सट खेर फाले । एमेच्योरतर्फ अजित बिके समग्रमा ६–ओभर १ सय ४२ सहित शीर्षस्थानमा छन् । उनले आज ४–ओभर ७२ मा खेल सकाए । दोस्रो स्थानमा रहेका सुरेश तामाङ र तेश्रो स्थानका प्रज्जवल गुरुङ अजित भन्दा १७ स्ट्रोकले पछि छन् ।

३६ होलको खेल सकिदा १५–ओभर १५१ सम्म स्कोर बनाउने २१ प्रोफेसनल खेलाडीले कट बनाएका छन् । एमेच्योरतर्फ भने चार खेलाडीले कट बनाउदा कुल २५ खेलाडी अन्तिम दुई चरणको खेलको लागि छनौट भएका छन् । कुल ६ लाख ७० हजार पुरस्कार राशी रहेको प्रतियोगिताको बिजेताले १ लाख १६ हजार प्राप्त गर्नेछन् । उपबिजेता प्रो खेलाडीले ७४ हजार तथा तेश्रो हुनेले ६३ हजार प्राप्त गर्नेछन् । उत्कृष्ट २१ भित्र पर्न सफल प्रोफेसनल खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ