प्रोमेडमा निःशुल्क मिर्गौला जाँच शिविर आज पनि जारी
काठमाडौं । राजधानीको सिनामङ्गलमनमा रहेको प्रोमेड मल्टी स्पेसियालिटी क्लिनिकमा आज पनि निः शुल्क मिर्गौला जाँच शिविर जारी छ ।
शिविरमा क्रिष्टल डाइग्नोस्टिकद्वारा सेवा प्रदान भइरहेको छ ।
मङ्सिर २२ गतेदेखि सुरु भएको शिविरमा शुक्रवारसम्म २ सय जनाले मिर्गौलाको जाँच गराएका छन् ।
शिविरमा सुगर, युरिया, क्रेएटिनिन र युरिन रुटिङ पनि जाँच भइरहेको छ ।
क्रिष्टल, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ‘ए’ ग्रेडको मान्यता प्राप्त प्रयोगशाला हो ।
क्याटेगोरी : स्वास्थ्य कर्पोरेट
तपाईको प्रतिक्रिया दिनुहोस