भोजपुरको षडानन्द नगरपालिकामा पोस्टमार्टम सेवा सुरु


भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा पोस्टमार्टम सेवा सुरु भएको छ ।

पालिकामा पोस्टमार्टम सेवा नहुँदा ३/४ घन्टाको दुरीमा रहेको खाँदबारी अस्पताल जानुपर्ने बाध्यता अब हटेको छ ।

षडानन्द नगरपालिकाका स्थानीयको आग्रहमा नगरपालिकाकै मुलपानी स्वास्थ्य केन्द्रमा पोस्टमार्टम सेवा सुरु गरिएको हो ।

नगरबासीको समस्या र जटिलतालाई मध्यनजर गरेर सेवा सुरु गरेको उप मेयर प्रमिला राईले बताइन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ