नयाँ बन्ने सरकारमा स्वास्थ्य मन्त्रालय कसको भागमा पर्ला ?


काठमाडौं । निर्वाचन आयोगले प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गर्ने तयारी गरेको छ ।

आयोगले मंसिर २९ गतेभित्रै आम निर्वाचन २०७९ को अन्तिम परिणामसहितको प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्ने तयारी थालेको हो । राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधित्व गर्ने सांसदहरुको सूची निर्वाचन आयोगमा बुझाइसकेको छ । दलहरुलाई सूची हेरफेरका लागि ३ दिनको समय दिएको आयोगले त्यसपछि प्रतिवेदन पेश गर्ने छ ।

निर्वाचनको अन्तिम परिणाम नआउँदै दलहरुले सरकार गठनको तयारी थालेका छन् । अहिलोको सत्ता गठबन्धन नै आगामी सरकारमा निरन्तरता हुने देखिन्छ । ठूलो दलको हैसियतमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने कसरत थालेको छन् । त्यसका लागि उनले आफ्ना विश्वासपात्रहरूलाई खटाउन थालेका छन् ।

देउवा निकट नेपाली कांग्रेसका एक नेताका अनुसार संसदीय दलको नेता नचुनि नै देउवा प्रधानमन्त्रीको रुपमा सपथ खाने मनस्थितिमा रहेका छन् । अघिल्लो निर्वाचनपछि केपी शर्मा ओली जुन तरिकाले प्रधानमन्त्री भए त्यहिँ तरिकार अपनाएर देउवा प्रधानमन्त्री हुने ती नेताले सुनाए ।

कांग्रेस संसदीय दलमा पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाको समेत दाबी रहेको छ । संसदीय दलको नेता चुनिनु अगाडि नै देउवा प्रधानमन्त्री हुने खेलमा लागेकाले उनको दाबी फिक्का देखिने अवस्था आएको छ ।

प्रधानमन्त्री देउवाले आगामी सरकारमा माओवादी, नेकपा एकीकृत समाजवादी, लोसपा, जसपा, जनमत, जनमोर्चालगायतलाई समेटेर सरकार बनाउने तयारी थालेका छन् । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख, समितिका सभापतिहरु, मुख्यमन्त्रीहरू र संघीय मन्त्रालयहरू प्याकेजमै बाँडफाँड गर्न सत्ता गठबन्धनभित्र आवाज उठ्न थालेको छ ।

यसपटक स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कांग्रेसको भागमा पर्ने प्रवल सम्भावना रहेको छ । स्वास्थ्य मन्त्रालय कांग्रेसको भागमा परेको खण्डमा सिटौला निकट प्रदीप पौडेल स्वास्थ्यमन्त्रीमा जान सक्ने कांग्रेसभित्र चर्चा छ । पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई हराएका डा. सिके राउत स्वास्थ्यमन्त्रीका अर्का दाबेदार हुन् । उनको पार्टी सरकारमा सहभागी हुने पक्षमा उभिइसकेको छ । अहिले स्वास्थ्य मन्त्रालयको नेतृत्व गरिरहेको नेकपा एकीकृत समाजवादीले पनि स्वास्थ्य मन्त्रालयको रस थाहा पाइसकेकाले उसको पनि दाबी रहने सम्भावना छ ।

 

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ