दाइजोको निहुँमा यातन दिने डा. चौधरी पक्राउ

काठमाडौं । दाइजोमा घर मान्दै श्रीमतीलाई यातना दिने महोत्तरीका डा. पंकज चौधरी पक्राउ परेका छन् । श्रीमती नेहा चौधरीले दाइजोविरुद्धको कसूरमा उजुरी दिएपछि डा. चौथरी पक्राउ परेका हुन् ।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत रहँदा डा. चौधरीले श्रीमती नेहालाई दाइजो माग्दै यातना दिएको आरोप लागेको थियो । उनकी श्रीमती नेहाले आफूलाई डा. पंकज र परिवारले यातना दिने गरेको आरोप लगाएकी थिइन् । उक्त घटनापछि डा. चौधरीलाई ग्राण्डीले जागिरबाट निकालेको थियो । महोत्तरी प्रहरीले आज उनलाई श्रीमती नेहाको जाहेरीका आधारमा पक्राउ गरेको हो ।
क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
तपाईको प्रतिक्रिया दिनुहोस